हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण

राजविराज राजविराज
|
बिहिबार, आषाढ ४, २०७७
|
|
२० पटक हेरिएको
Shares
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण

सारांश

  •     विभिन्न फलफुलका ५० हजार बिरुवा निशुल्क बितरण गर्ने लक्ष्य लिएर सोमबारदेखी सुरु गरिएको कार्यक्रम अन्तरगत बिहीबारसम्म ४१ हजार ५ सय बिरुवा बितरण गरिसकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
  •       यसरी बितरण भइरहेको बिरुवाहरुमा आँप, लिच्चि, कागती, महगनी, टिक, खयर, धुपी जस्ता ३२ थरिका बिरुवा रहेको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष कुमार झाले जानकारी दिएका छन् ।
  • राजविराजका साथै जिल्लाको कंचनपुर, महुली, रुपनी, कल्याणपुर र दौलतपुरस्थित सवडिभिजन कार्यालय मार्फत पनि सामाजिक दुरी कायम गराउँदै निशुल्क बिरुवा बितरण कार्य भइरहेको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, ४ असार । 
    डिभिजन वन कार्यालय सप्तरीले हरियाली प्रवद्र्धन र वन क्षेत्र बिस्तारका लागि नेपाल सरकारको राष्ट्रिय वृक्षारोपण अभियानमा सघाउँन विभिन्न जातका ५० हजार बिरुवा निशुल्क बितरण कार्यक्रम संचालनमा ल्याएको छ ।
    विभिन्न फलफुलका ५० हजार बिरुवा निशुल्क बितरण गर्ने लक्ष्य लिएर सोमबारदेखी सुरु गरिएको कार्यक्रम अन्तरगत बिहीबारसम्म ४१ हजार ५ सय बिरुवा बितरण गरिसकिएको डिभिजन वन कार्यालयले जनाएको छ । 
    यसरी बितरण भइरहेको बिरुवाहरुमा आँप, लिच्चि, कागती, महगनी, टिक, खयर, धुपी जस्ता ३२ थरिका बिरुवा रहेको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष कुमार झाले जानकारी दिएका छन् । राजविराजका साथै जिल्लाको कंचनपुर, महुली, रुपनी, कल्याणपुर र दौलतपुरस्थित सवडिभिजन कार्यालय मार्फत पनि सामाजिक दुरी कायम गराउँदै निशुल्क बिरुवा बितरण कार्य भइरहेको उनले बताए ।
    यसका अतिरिक्त कदमाह, सितापुर, तिलाठी, पत्थरगाढा लगायतका स्थानमा रहेका नर्सरीबाट समेत इच्छुक कृषकलाई बिरुवा निशुल्क उपलब्ध गराउन थालिएको उनको भनाई छ ।
    वन क्षेत्र निकै कम रहेको जिल्लामा वन क्षेत्र विकास र बिस्तारका लागि वन अतिक्रमण नियन्त्रण, बृक्षारोपन, जिपिकोपार्जनका लागि बैकल्पिक कार्यक्रम र सामाजिक सशक्तिकरण लगायतका कार्यक्रम प्राभमिक्ताका साथ अघि बढाइएको रेन्जर लक्ष्मण साफीले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल सहकारीद्वारा मास्क बितरण
नेपाल सहकारीद्वारा मास्क बितरण
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
झुक्याएर क्वारेन्टाइनबाट निस्केका यूवक कोरोना संक्रमित भएको पुष्टि, संक्रमित यूवाले दाढी कटाएका हजामसहित एक दर्जन क्वारेन्टाइनमा
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
कर्मचारीलाई नेता जस्तो भाषण नदिन उद्योग मन्त्री मातृका यादवको चेतावनी
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 
बहुबिबाह मुद्दाका फरार प्रतिवादी पक्राउ पछि कैद भुक्तानका लागि कारागार चलान 
एमालेका ११ जना प्रदेशसभा सदस्यले रोजे नेकपा एस
एमालेका ११ जना प्रदेशसभा सदस्यले रोजे नेकपा एस
राजविराजमा काठ बिक्री डिपो कार्यालय पुनःसंचालन
राजविराजमा काठ बिक्री डिपो कार्यालय पुनःसंचालन
१२ देखि १७ बर्ष उमेर समुहलाई कोभिड  १९ बिरुद्धको मोर्डन खोप लगाईदै
१२ देखि १७ बर्ष उमेर समुहलाई कोभिड  १९ बिरुद्धको मोर्डन खोप लगाईदै
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की