प्रदेश २ का कृषि मन्त्री साहद्वारा संघीय  सरकारलाई किसानहरुप्रति गम्भिर हुन आग्रह

राजविराज राजविराज
|
सोमबार, आषाढ ८, २०७७
|
|
२८ पटक हेरिएको
Shares
प्रदेश २ का कृषि मन्त्री साहद्वारा संघीय  सरकारलाई किसानहरुप्रति गम्भिर हुन आग्रह

सारांश

  •     मन्त्री साहद्वारा सोमबार हस्ताक्षरित जारी विज्ञप्तीमा संघीय सरकारले हालसम्म आपूर्ति गरेको मल आवश्यक भन्दा निकै कम मात्रामा प्राप्त भएको जनाइएको छ ।
  • विज्ञप्ति मार्फत आपूर्ति हुन लागिएको १२ हजार मेट्रिक टन मल यसै प्रदेशमा खपत गराउने व्यवस्थाका लागि समेत संघीय सरकारसँग आग्रह गरिएको छ ।
  •     जारि प्रेस विज्ञप्ती जारी मलखाद लगायत कृषिजन्य उत्पादन प्रणाली सुचारु गर्ने सामग्री र पूर्वाधारको सहज तथा सुलभ उपलब्धको लागि संघीय सरकारलाई ध्यानकृष्ट गराएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ८ असार । 
    प्रदेश २ का भूमि व्यवस्था, कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले अहिले धान रोपाईका बेला उचित र आवश्यक परिमाणमा मलखाद प्राप्त नहुँदा किसानहरूको चिन्ता र चासोप्रति अत्यन्त संवेदनशील रहेको बताएका छन् ।
    मन्त्री साहद्वारा सोमबार हस्ताक्षरित जारी विज्ञप्तीमा संघीय सरकारले हालसम्म आपूर्ति गरेको मल आवश्यक भन्दा निकै कम मात्रामा प्राप्त भएको जनाइएको छ । विज्ञप्ति मार्फत आपूर्ति हुन लागिएको १२ हजार मेट्रिक टन मल यसै प्रदेशमा खपत गराउने व्यवस्थाका लागि समेत संघीय सरकारसँग आग्रह गरिएको छ ।
    जारि प्रेस विज्ञप्ती जारी मलखाद लगायत कृषिजन्य उत्पादन प्रणाली सुचारु गर्ने सामग्री र पूर्वाधारको सहज तथा सुलभ उपलब्धको लागि संघीय सरकारलाई ध्यानकृष्ट गराएका छन् । प्रदेश २ को धान उत्पादन अग्रपंक्तिमा रहेकोले धान उत्पादनमा प्रयोग हुने मलखादको नियमित आपूर्तिका लागि संघीय सरकारलाई थप गम्भीर बन्न संघीय सरकारलाई आग्रह गरिएको छ ।
    माटोको उर्वरा शक्तिमा ह्रास, सिँचाइका लागि अपर्याप्त संरचना, हाइब्रिड बीउको बढ्दो प्रयोग तथा पारिस्थितिकीय प्रणालीमा परेको प्रतिकूल लगायतको असरले तराई मधेसमा खेतीकिसानी कार्य अत्यन्त कष्टप्रद र चुनौतीपूर्ण हुँदै गएको उल्लेख गरिएको छ । 
    मलखादको आयात तथा बिक्री वितरण लगायतका कार्य संघीय सरकारमा अधिकार निहित रहेको स्मरण गराउँदै मन्त्री साहले विज्ञप्तीमा किसानहरूले समयमा मलखाद र बीउबिजन नपाउँदा उत्पादन लागत बढ्ने, उत्पादित सामग्रीको परिमाण कम हुने र प्रतिफल प्राप्तिमा कठिनाइ हुने समस्या वर्षौंदेखि रहँदै आएको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार मुद्दाका दोषी कारागारबाट  भागेर पीडितसँगै गरे बिवाह
बलात्कार मुद्दाका दोषी कारागारबाट  भागेर पीडितसँगै गरे बिवाह
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
सय कार्टुन बढी मदिरा बरामद
सय कार्टुन बढी मदिरा बरामद
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
रेशम चौधरी सपथ ग्रहण लगत्तै पुनः कारागार चलान
रेशम चौधरी सपथ ग्रहण लगत्तै पुनः कारागार चलान
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
राजविराजमै क्यान्सरदेखि विभिन्न रोगको परिक्षण गर्न सेन्टर संचालन
राजविराजमै क्यान्सरदेखि विभिन्न रोगको परिक्षण गर्न सेन्टर संचालन