चट्याङबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारद्वारा एक÷एक लाख 

राजविराज राजविराज
|
शुक्रबार, आषाढ १२, २०७७
|
|
१२३ पटक हेरिएको
Shares
चट्याङबाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारद्वारा एक÷एक लाख 

सारांश

  •     प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई सो रकम प्रदान गरेका हुन् ।
  •       बिहीबारै मन्त्री साहले सो रकम दिने घोषणा गरेका थिए ।
  • उनी मृतक परिवारको घरमै गएर रकम प्रदान गर्नुका साथै चटयाङ लागेर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, १२ असार ।
    प्रदेश नं २ सरकारले सप्तरीमा चट्याङ लागेर ज्यान गुमाएका मृतक परिवारलाई राहत स्वरुप एक÷एक लाख प्रदान गरेको छ । 
    प्रदेश नं २ का भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बिहीबार चट्याङ लागेर मृत्यु भएका मृतक परिवारलाई सो रकम प्रदान गरेका हुन् । 
    बिहीबारै मन्त्री साहले सो रकम दिने घोषणा गरेका थिए । उनी मृतक परिवारको घरमै गएर रकम प्रदान गर्नुका साथै चटयाङ लागेर मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरे । उनले चट्याङ लागेर घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरे । 
    बिहीबार बिहान अविरल वर्षासँगै परेको चट्याङ लागेर महदेवा गाउँपालिकाका ६० वर्षीय छेदी ठाकुर, २७ वर्षीय बेचन यादव, डाक्नेश्वरी नगरपालिका–९ की ३० वर्षीया ललितादेवी यादव, र राजगढ गाउँपालिका ३ का ४५ वर्षीय केसीलाल साहको ज्यान गएको थियो । 
    जसमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने साहको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । त्यस्तै जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ निवासी ५५ वर्षिया रुना सदा र राजगढ गाउँपालिका २ बेल्ही चपेनाकी १८ वर्षीया आशा मण्डल चट्याङ् लागेर घाइते भएकी थिइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा नेकपा माओवादी केन्द्रको धमाधम समानान्तर कमिटी गठन हुँदै
सप्तरीमा नेकपा माओवादी केन्द्रको धमाधम समानान्तर कमिटी गठन हुँदै
स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 
स्थानिय निकाय तथा विकासीय कार्यालयहरूले  बार्षिक प्रगति बिवरण प्रस्तुत गर्दै 
देउवालाई प्रतिगमनकारीको  मतियार नबन्न वरिष्ठ  राजनीतिज्ञ मण्डलको सुझाव
देउवालाई प्रतिगमनकारीको  मतियार नबन्न वरिष्ठ  राजनीतिज्ञ मण्डलको सुझाव
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
तिलाठीको सबै वडामा आगो ताप्न दाउराको व्यवस्था
राष्ट्रिय  भारोत्तोलन प्रतियोगिता हुँदै
राष्ट्रिय  भारोत्तोलन प्रतियोगिता हुँदै
होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ 
होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ 
मधेशको राजनीतिमा नयाँ तरंग आउने ः फोरम अध्यक्ष यादव
सप्तरीमा रोकिएन जंगली जनावरको आंतक, एक महिलाको मृत्यु, अर्का बयोबृद्ध गम्भिर
सप्तरीमा रोकिएन जंगली जनावरको आंतक, एक महिलाको मृत्यु, अर्का बयोबृद्ध गम्भिर
महँगी तथा भ्रष्टाचार विरुद्ध ¥याली
महँगी तथा भ्रष्टाचार विरुद्ध ¥याली