दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
कोरोनाको मिल्दोजुल्दो लक्षणसहित एकै दिन मृत्यु भएका सप्तरीका तीन जना मध्ये एकको रिपोर्ट पोजेटिभ र दुई जनाको नेगेटिभ आएको छ ।
जिल्लाको रुपनी गाउँपालिका ५ निवासी ४५ वर्षिय बिन्देश्वर साहको रिपोर्ट पोजेटिभ आएको हो । यता रिपोर्ट पोजेटिभ आएपछि मृतकको घर सिल गरिएको छ ।
बुधबारै राती उनको रिपोर्ट पोजेटिभ आएपछि अहिले उनको घर सिल गरेर परिवारको पाँचजनाको समेत स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
उनलाई मंगलबार उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा सोही राती अस्पतालको प्रवेशद्वार पुग्ने बित्तिकै मृत्यु भएपछि घर फिर्ता ल्याइएको थियो । घरमा ल्याइ बुधबार बिहान अन्त्येष्टिको तयारी हुँदै गर्दा गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जिल्ला स्वास्थ्य कार्यालय तथा प्रहरीलाई यसबारे खबर गरेपछि अन्त्येष्टि रोकिएको थियो ।
स्वाब संकलन नगरिकन अन्त्येष्टि गर्न नमिल्ने भन्दै रोकिएको र पछि उनको स्वाब संकलन गरेर पिपिईइ लगायतका सुरक्षाकर्मीसहित ८ जनालाई अन्त्येष्टिमा सहभागि हुन अनुमति दिएपछि उनको अन्त्येष्टि गरिएको थियो ।
यस्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेका डाक्नश्वरी नगरपालिका ९ बस्ने ८१ वर्षिय मंगलु खंग तथा राजगढ गाउँपालिका ६ बस्ने ८० वर्षिय बच्चालाल सुतिहारको रिपोर्ट भने नेगेटिभ आएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिएका छन् ।
उनीहरुको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मंगलबार मध्यराती मृत्यु भएको थियो । दुबैको स्वाब संकलनपछि बुधबार अबेर राती अन्त्येष्टि गरिएको परिवारजनले जानकारी दिएका छन् ।
योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ । यसअघि गत असार ३१ गते राजविराज ६ का ७२ वर्षिय व्यवसायी रामकृष्ण दासको कोरोनाकै कारण मृत्यु भएको थियो ।
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
सारांश
- जिल्लाको रुपनी गाउँपालिका ५ निवासी ४५ वर्षिय बिन्देश्वर साहको रिपोर्ट पोजेटिभ आएको हो ।
- यता रिपोर्ट पोजेटिभ आएपछि मृतकको घर सिल गरिएको छ ।
- बुधबारै राती उनको रिपोर्ट पोजेटिभ आएपछि अहिले उनको घर सिल गरेर परिवारको पाँचजनाको समेत स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया