दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
सप्तरी सदरमुकाम राजविराजमा रहेका विभिन्न अस्पतालमा अहिले दक्ष चिकित्सक तथा आधुनिक उपकरणको माध्यमबाट जटिल भन्दा जटिल रोगको उपचार सम्भव हुँदै गएको छ ।
विगतमा जिल्लावासी राजविराजमा उपचार गराउन डराएर अन्यत्र बिराटनगर र धरान जाने मानसिकतालाई अहिले बिस्तारै त्याग्दै छन् । यहाँस्थित सरकारी र केही निजि अस्पतालले दक्ष चिकित्सक, जनशक्ति तथा आधुनिक उपकरणको माध्यमबाट जिल्लावासीलाई अन्यत्र उपचार गराउन जाने झन्झटबाट मुक्त गराउने प्रयासरत छन् ।
पछिल्लो पटक राजविराजस्थित छिन्नमस्ता एजुकेशनल मेडिकल कलेज एण्ड अस्पतालले एकपछि अर्को जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिका ३ हर्दिया कटैया निवासी ५० वर्षिय कमलकुमार साहको स्पाइनल कर्डमा भएको ट्युमर (मेरुदण्डमा पलाएको मासु) को चार घण्टाको प्रयासपछि सफल शल्यक्रिया सम्पन्न गरेको अस्पताल प्रशासनले जनाएको छ ।
यस्तो शल्यक्रिया जिल्लामै पहिलो पटक गरिएको सो अस्पतालका चिकित्सकहरुको भनाई छ । वरिष्ठ सर्जन डा. राजिव मिश्रा, डा. ज्ञानेन्द्र कुमार झा, डा. सरोज कुमार साह, एनेस्थेटिस्ट डा. पारषमणि साहलगायतका चिकित्सक टोलीले शल्यक्रि सम्पन्न गरेका हुन् ।
यता आर्थिक अवस्था निकै कमजोर भएका साह जिल्ला बाहिर विभिन्न अस्पताल धाएर यहाँ आइपुगेको अस्पतालका संचालक शैलेन्द्र मोहन झाले बताए ।
सप्तरीमै जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न
सारांश
- विगतमा जिल्लावासी राजविराजमा उपचार गराउन डराएर अन्यत्र बिराटनगर र धरान जाने मानसिकतालाई अहिले बिस्तारै त्याग्दै छन् ।
- यहाँस्थित सरकारी र केही निजि अस्पतालले दक्ष चिकित्सक, जनशक्ति तथा आधुनिक उपकरणको माध्यमबाट जिल्लावासीलाई अन्यत्र उपचार गराउन जाने झन्झटबाट मुक्त गराउने प्रयासरत छन् ।
- पछिल्लो पटक राजविराजस्थित छिन्नमस्ता एजुकेशनल मेडिकल कलेज एण्ड अस्पतालले एकपछि अर्को जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया