दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका २ सय २ अपराधीलाई सप्तरी प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विगत एक महिनाको अवधीमा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका २ सय २ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।
पछिल्लो पटक एक साताअघि एकै दिन विभिन्न अपराधमा संलग्न भई फरार रहेका ३२ जनालाई प्रहरीले पक्राउ गरि अदालत समक्ष बुझाइसकेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् । पक्राउ पर्नेहरुमा कुटपिट, लुटपाट, जालसाजी, लेनदेन, बलात्कार, सवारी ज्यान र ज्यान मुद्दा लगायतका छन ।
पछिल्लो समय फरार अपराधकी पक्राउ गर्न प्रहरीले आक्रमक अभियान थालेपछि एकपछि अर्को सफलता मिल्दै गएको प्रहरी उपरिक्षक धमलाको भनाई छ । समाजमा भएको विद्यमान अपराध र बिकृती र बिसंगतिहरुलाई निरुत्साहित गर्न सुरु गरिएको अभियानमा सबै सचेत नागरिकले सहयोग गर्नु पर्ने उनको भनाई छ ।
यस्तै नेपालीहरुको महान चाडपर्व बिजया दशमी, दिपावली तथा छठ पर्वलाई लक्षित गरि प्रहरीले विशेष सुरक्षा योजनासहित प्रहरी परिचालन गरिएको जनाएको छ ।
जिल्लाको शक्तिपीठहरुमा आवश्यक निर्देशनसहित प्रहरी परिचालन गरिएको उनको भनाई छ । यस क्रममा विभिन्न क्षेत्रका नागरिकसँग छलफल गरि प्राप्त सुझावका आधारमा आगामी रणनीति र योजना तयार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
एक महिनामा २ सय २ फरार अपराधी पक्राउ, चाडपर्व लक्षित प्रहरीद्वारा विशेष सुरक्षा योजना लागु
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार विगत एक महिनाको अवधीमा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकी फरार रहेका २ सय २ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो ।
- पछिल्लो पटक एक साताअघि एकै दिन विभिन्न अपराधमा संलग्न भई फरार रहेका ३२ जनालाई प्रहरीले पक्राउ गरि अदालत समक्ष बुझाइसकेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
- पक्राउ पर्नेहरुमा कुटपिट, लुटपाट, जालसाजी, लेनदेन, बलात्कार, सवारी ज्यान र ज्यान मुद्दा लगायतका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया