दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
बाराको कबही गोठमा प्रहरीले गरेको ज्यादतीको घटनाको बिरोधमा जसपा सप्तरी निकट युवा विद्यार्थीहरूद्वारा राजबिराजमा शुक्रबार प्रदर्शन गरेको छ ।
स्थानिय शिव मन्दिरको प्राङ्गणबाट सुरु गरेको ¥यालीले नगरको विभिन्न ठाउमा प्रदर्शन गरेको थियो ।
गत बुधवार बेलुका बारा जिल्लाको स्वर्ण गाउँपालिकास्थित प्रहरी चौकी कवही गोठको नेपाल प्रहरीले ज्यादती गर्दै लाठी र गोली प्रहारबाट स्थानीय रञ्जन कुमार यादवलाई गम्भीर घाईते बनाएको थियो ।
यसैगरी प्रहरीको लाठी प्रहारबाट जनता समाजवादी पार्टी, नेपाल बारा जिल्लाका नेता एवम् तात्कालीन समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष धर्मवीर यादवको टाउकोमा चोट लागी घाइते वनाइएको तथा दर्जनौं व्यक्तिहरुको घाइते भएका थिए ।
भारतीय सीमा क्षेत्र नजिक रहेका स्थानिय नेपालीहरूले घरका निमित्त चाहिने दैनिक खाद्य वस्तु तथा ८÷१० किलो आलु–प्याज साइकलमा ल्याउने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । सोही विषयमा स्थानीयहरुले प्रहरीको ज्यादती रोक्न र निजहरुलाई रिहा गर्न भनि अनुरोध गर्दा प्रहरीले नानाथरी भन्दै एक्कासी लाठी र गोली प्रहार गरी घाईते बनाएको जनाइएको छ ।
प्रहरी प्रशासनको मिलेमतोमा ट्रकका–ट्रक सामानहरु अवैध रुपबाट वोर्डरबाट तस्करी भइरहनेलाई नियन्त्रण गर्नुको साटो आफ्नो घर खर्चका लागि ल्याउने सोझा जनताहरुलाई रोक्ने, छेक्ने र दमन गर्ने कार्यको जनता समाजवादी पार्टी नेपाल घोर निन्दा गरेको छ ।
सो पार्टीका सप्तरी अध्यक्ष केदार यादवले बारा घटनामा गोली लागेको र घाइते भएकाहरुको अविलम्व उचित उपचार र क्षतिपूर्ती दिनका लागि पनि सरकारसंग माग गरेका छन् । प्रहरी चौकी कवही गोठका दोषी प्रहरी उपर तत्काल कार्वाही गर्न नेपाल सरकारसँग जोडदार माग गर्दै प्रहरीको उक्त गलत कार्यको विरोधमा जनताहरु आन्दोलित भएको उनको भनाई छ ।
सो बिरोध ¥यालिमा जसपा नेपालका केन्द्रीय सदस्य दिनेश यादब, राजबिराज नगरपालिका नगर प्रमुख शम्भु प्रसाद यादब, लक्ष्मण यादब, दिनेश यादब, गजेन्द्र मण्डल, राजबिराज नपा १ का वडा अध्यक्ष चन्द्रशेखर चौधरी, वडा २ का अध्यक्ष अरूण यादब, वडा १२ का अध्यक्ष हरिहर यादब, युवा नेता शम्भु यादब, शिवशंकर यादब, विशाल यादब, सचेन्द्र यादब, संजय यादब, बिनोद मण्डल, श्याम यादब, रंजित यादब, राहुल रायलगायतको सहभागिता रहेको थियो ।
बारा घटनाको बिरोधमा जसपा सप्तरीद्वारा राजबिराजमा प्रदर्शन
सारांश
- स्थानिय शिव मन्दिरको प्राङ्गणबाट सुरु गरेको ¥यालीले नगरको विभिन्न ठाउमा प्रदर्शन गरेको थियो ।
- गत बुधवार बेलुका बारा जिल्लाको स्वर्ण गाउँपालिकास्थित प्रहरी चौकी कवही गोठको नेपाल प्रहरीले ज्यादती गर्दै लाठी र गोली प्रहारबाट स्थानीय रञ्जन कुमार यादवलाई गम्भीर घाईते बनाएको थियो ।
- यसैगरी प्रहरीको लाठी प्रहारबाट जनता समाजवादी पार्टी, नेपाल बारा जिल्लाका नेता एवम् तात्कालीन समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष धर्मवीर यादवको टाउकोमा चोट लागी घाइते वनाइएको तथा दर्जनौं व्यक्तिहरुको घाइते भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया