तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु

राजविराज राजविराज
|
बुधबार, कार्तिक २६, २०७७
|
|
२१ पटक हेरिएको
Shares
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा निःशुल्क धानबालीको कटान सुरु

सारांश

  •     कोरोना भाइरसको महामारीका कारण धान काट्ने जनशक्ति नपाएको तथा पाकी सकेको धानबाली खेतमै झरेर नोक्सानी हुन सक्ने भएकोले किसानहरुलाई सहयोग गर्ने उद्देश्यले धानबाली निःशुल्क काटिदिने निर्णयमा पुगेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिएका छन् ।
  •       चार वटा मेसिन लगाई वडा नं.
  • ६ को.

दैनिक समाचारदाता
राजविराज, २५ कात्तिक । 
    धान काट्ने जनशक्ति नपाइने भएकोले किसानलाई सहुलियत दिने उद्देश्यले मंगलबारदेखि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले निःशुल्क धानबालीको कटान सुरु गरेको छ ।
    कोरोना भाइरसको महामारीका कारण धान काट्ने जनशक्ति नपाएको तथा पाकी सकेको धानबाली खेतमै झरेर नोक्सानी हुन सक्ने भएकोले किसानहरुलाई सहयोग गर्ने उद्देश्यले धानबाली निःशुल्क काटिदिने निर्णयमा पुगेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिएका छन् । 
    चार वटा मेसिन लगाई वडा नं. ६ को. मधेपुराबाट मंगलबारदेखी धानबालीको कटान थालिएको उनले बताए । एउटा वडामा दुई वटा मेसिनमार्फत धानबाली कटान गरिने र त्यसका लागि गाउँपालिकाका सबै किसानलाई खबरसमेत गरिएको उनले बताए ।
    उनले भने, “कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न एकातिर हामी सबै लागेका छौं भने अर्कोतिर किसानले निकै लगानी र महिनेत गरी लगाएको धानबाली समयमै काट्न नसक्दा समस्या हुने देखेर गाउँपालिकाले निःशुल्क रुपमा कटान सुरु गरेको हो ।”
    गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले गाउँपालिकाले चार वटा ट्याक्टर र चार वटा रिपर मेसिन खरिद गरी धानबालीको कटान सुरु गरेको बताए । 
    यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले गाउँपालिकाको ८ वटै वडामा गरी करिब एक हजार पाँच सय विघाभन्दा बढीमा लगाइएको धानबालीको कटानको खर्च गाउँपालिकाले ब्यहोर्ने र मेसिन लगाएर काटिने गहुँ सम्बन्धित किसानले आफै भित्र्याउने जानकारी दिए ।
    तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ का खुशेश्वर यादव हर्षित हुँदै भन्छन्, “धान काट्ने जनशक्ति नपाइरहेको अवस्थामा गाउँपालिकाले सबै किसानको धान निःशुल्क काटिदिने निर्णय गरेपछि हामीलाई धेरै सहुलिय भएको छ ।” 
    यसअघि लकडाउनको कारण किसानको खेतमै रहेको गहुँबाली गत चैत महिनामा गाउँपालिकाले खर्च ब्यहोरेर कटान गरिदिएको थियो । सात सय विघाको गहुँबाली कटान गर्ने लक्ष्य लिएपनि करिब अढाई सय विघामा लगाइएको गहुँबाली कटान गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाउरा बाँड्दै नगरपालिका
दाउरा बाँड्दै नगरपालिका
हात्तीका कारण घरबारबिहीन  चौधरीलाई राहत प्रदान
हात्तीका कारण घरबारबिहीन  चौधरीलाई राहत प्रदान
दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी  युवाका लागि सीप स्तरोन्नति तालिम 
वैदेशिक रोजगारीबाट फर्किएका आप्रवासी  युवाका लागि सीप स्तरोन्नति तालिम 
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 
मुस्लिम समुदायका अगुवाहरूको  सहभागितामा संवाद कार्यक्रम सम्पन्न
मुस्लिम समुदायका अगुवाहरूको  सहभागितामा संवाद कार्यक्रम सम्पन्न
आफ्ना नेताको रिहाईको माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस  
आफ्ना नेताको रिहाईको माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस  
प्रधानमन्त्रीको स्वास्थ्य लाभका  लागि दुई दिने धार्मिक अनुष्ठान 
प्रधानमन्त्रीको स्वास्थ्य लाभका  लागि दुई दिने धार्मिक अनुष्ठान 
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
काँग्रेस सप्तरीको उपाध्यक्ष पदको विवाद उत्कर्षमा  संस्थापक पक्षद्वारा आन्दोलनको चेतावनी
भुकम्प पीडितलाई सप्तरीबाट राहत पठाइयो
भुकम्प पीडितलाई सप्तरीबाट राहत पठाइयो