एकै दिन सप्तरीको तीन पालिकामा १५ शैय्याको अस्पताल शिलान्यास

राजविराज राजविराज
|
सोमबार, मंसिर १५, २०७७
|
|
६६ पटक हेरिएको
Shares
एकै दिन सप्तरीको तीन पालिकामा १५ शैय्याको अस्पताल शिलान्यास

सारांश

  •     संघीय सरकारको हरेक पालिकामा कम्तिमा १५ शैय्याको सरकारी अस्पताल निमार्ण गर्ने नीति अनुसार सप्तरीमा सोमबार तीन पालिकामा १५ शैययाको अस्पतालको शिलान्यास गरिएको हो ।
  •       जसअनुसार सप्तरीको कञ्चनरुप नगरपालिकास्थित कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्र, सुरुङ्गा नगरपालिकास्थित कडरबोना प्राथमिक स्वास्थ्य केन्द्र र तिरहुत गाउँपालिकास्थित लोहजारा स्वास्थ्य केन्द्रलाई १५–१५ शैय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ ।
  •       यसैबीच कंचनरुप नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 
    सप्तरीको तीन वटा स्थानिय तहमा सोमबार १५ शैय्याको अस्पतालको शिलान्यास गरिएको छ ।
    संघीय सरकारको हरेक पालिकामा कम्तिमा १५ शैय्याको सरकारी अस्पताल निमार्ण गर्ने नीति अनुसार सप्तरीमा सोमबार तीन पालिकामा १५ शैययाको अस्पतालको शिलान्यास गरिएको हो । 
    जसअनुसार सप्तरीको कञ्चनरुप नगरपालिकास्थित कञ्चनपुर प्राथमिक स्वास्थ्य केन्द्र, सुरुङ्गा नगरपालिकास्थित कडरबोना प्राथमिक स्वास्थ्य केन्द्र र तिरहुत गाउँपालिकास्थित लोहजारा स्वास्थ्य केन्द्रलाई १५–१५ शैय्याको अस्पतालमा स्तरोन्नति गरिएको छ । 
    यसैबीच कंचनरुप नगरपालिका वडा नं. ८ मा निर्माण हुने गरि प्राथमिक अस्पतालको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले शिलान्यास गरेका छन् ।
    बि.स. २०५३ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तररोन्नती गरी प्राथमिक अस्पताल बन्न लागेको हो । संघीय सरकारले अस्पताल निर्माणका लागि चालु आ.व.मा ३ करोड २३ लाख तीन हजार बजेट विनियोजन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए ।
    कार्यक्रममा नगरपालिकाका उपप्रमुख निरु पोखरेल, निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । 
    यस्तै जिल्लाको तिरहुत गाउँपालिका वडा नं. ५ लोहजरामा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष हेमन्त बहरखेरले १५ शैययाको अस्पतालको शिलान्यास गरेका छन् । 
    देशभरका ३ सय ९६ वटा स्थानीय तहमा सुचीकृत भएको अस्पताल निर्माणका लागि सोमबार एकैसाथ शिलान्यास भएको छ । मन्त्रीस्तरीय निर्णयबाट ३ सय ९६ वटा स्थानीय तहमा रहेको स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी ५–१०–१५ शैय्याको अस्पताल निर्माण गर्न लागिएको हो ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ रोकथाम, नियन्यण तथा उपचारमा सहयोगी हुने भएकाले एकैसाथ शिलान्यान्स गर्ने व्यवस्था गरेको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी