मृतक परिवारलाई आर्थिक सहयोग

राजविराज राजविराज
|
आइतबार, मंसिर २८, २०७७
|
|
९७ पटक हेरिएको
Shares
मृतक परिवारलाई आर्थिक सहयोग

सारांश

  •     सो गाउँपालिका वडा नं ६ कटैया गाउँमा भारतिय सिमानामा खेतमा बालि खाएको बिषयमा केही महिना अघि झगडा हुँदा केही भारतीयको कुटपिटबाट यादवको मृत्यु भएको थियो ।
  •     मृतक यादवका श्रीमतीलाई डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख ईन्दुदेवी यादवले आर्थिक सहयोग स्वरुप ५१ हजारको चेक हस्तान्तरण गरेकी थिइन् ।
  •     पीडित परिवारलाई जीवनयापन तथा छोराछोरीको गुजारा चलाउन कठिनाई भइरहेको बेला नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको स्थानियबासी महेन्द्र सदाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २८ मंसिर । 
    केही महिनाअघि भारतीयहरुको कुटाइबाट मृत्यु भएका सप्तरीको डाक्नेश्वरी नगरपालिका निवासी रामदेव यादवका परिवारलाई नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको छ ।
    सो गाउँपालिका वडा नं ६ कटैया गाउँमा भारतिय सिमानामा खेतमा बालि खाएको बिषयमा केही महिना अघि झगडा हुँदा केही भारतीयको कुटपिटबाट यादवको मृत्यु भएको थियो ।
    मृतक यादवका श्रीमतीलाई डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख ईन्दुदेवी यादवले आर्थिक सहयोग स्वरुप ५१ हजारको चेक हस्तान्तरण गरेकी थिइन् ।
    पीडित परिवारलाई जीवनयापन तथा छोराछोरीको गुजारा चलाउन कठिनाई भइरहेको बेला नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेको स्थानियबासी महेन्द्र सदाले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?