दैनिक समाचारदाता
राजविराज, ४ माघ ।
राजविराज जेसीजको ४६ औं पदस्थापन तथा पुरस्कार वितरण समारोह शनिबार राजविराजमा सम्पन्न भएको छ ।
आयोजित समारोहमा प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमनको प्रमुखले जेसीजबाट राजनीतिकर्मीले धेरै कुरा सिक्नु पर्ने बताउँदै जेसीज आस्था र दर्शनबाट प्रभावित क्रियाशील युवाहरुको राजनीतिमा हस्तक्षेप नहुँदा मुर्ख र बेइमानहरु राजनीतिमा हावी भएको बताए ।
प्रसस्त युवाहरु क्रियाशील रहेको जेसीजलाई सहयोग गर्ने गत वर्षदेखिको इच्छा यस वर्ष पुरा गर्ने प्रतिबद्धता दोहो¥याउँदै उनले जुनसुकै राजनीतिक विचारधारा भए पनि समाजलाई समृद्ध गर्न एकजुट हुनुपर्ने बताए ।
आयोजित पदस्थापन समारोहमा अध्यक्षका रुपमा सिद्धार्थ तातेडको नेतृत्वमा नयाँ कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
राजविराज जेसीज २०२० का अध्यक्ष नानीमैया कटवालको अध्यक्षता आयोजित समारोहमा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, राजविराज जेसीजको पूर्व अध्यक्ष एवम् सप्तरी उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष शंकर दास, प्रहरी नायव उपरिक्षक भुवनेश्वर साह, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, एकल महिला समूहकी प्रदेश २ अध्यक्ष अनीता देवकोटा, जिल्ला बार एकाईका अध्यक्ष डोमन साह, उदयपुर जेसीज २०२० का अध्यक्ष ललीत नायकले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष गोबिन्द सिंह, राजविराज जेसीजका पूर्व अध्यक्षहरु जगदीश अर्याल, राजेन्द्र शर्मा, कारी मण्डल, कुँवर सिंह तातेड, महेन्द्रनाथ मुन्धडा, देवेन्द्र देवकोटा, अनन्तलाल साह, मनोहर पोखरेल, दिपेन्द्रकुमार दास, मिलन सिंह, सन्तोष सिन्हा, कृष्णकुमार देव, नेपाली सेनाका क्याप्टेन आर्जन राणा, इटहरी जेसीजका पूर्व अध्यक्ष भुवन राउत, अधिवक्ता मीना देव, महिला मानवअधिकार रक्षक सञ्जालकी गीता पाण्डे, मैथिली महिला परिषदकी प्रतिमा देब, विभिन्न कार्यालय, बैंक, बित्तिय संस्थाका अध्यक्ष एवम प्रबन्धकलगायतको उपस्थिती रहेको थियो ।
राजविराज जेसीजको कार्यसमितिको कानुनी सल्लाहकारमा गणेश दास महासचिवमा राजेश मण्डल, कोषाध्यक्षमा उज्जवल काबरा, तालिम संयोजकमा अनीषा ठाकुर, व्यापार निर्देशकमा सौरभ झा, जनसम्पर्क अधिकारीमा नम्रता राज, शाखा सम्पादकमा बिप्लब आनन्द र थिम सम्पादकमा सुनितकुमार मुन्नालाई मनोनयन गरिएको घोषणा गरे ।
यसअघि निर्वाचन संयोजक संजय दासले अध्यक्षमा तातेड, कार्यकारी उपाध्यक्षहरुमा मनीष दास, रञ्जना चौधरी, सुनिलराज दास, उपाध्यक्षहरुमा पंकज देव, खेलानन्द दास, मीना साह, रबी राय, बिक्रम काबरा र रितेश यादव निर्वाचित भएका थिए ।
राजविराज जेसीजको पदस्थापना तथा पुरस्कार बितरण सम्पन्न
सारांश
- आयोजित समारोहमा प्रदेश २ का प्रदेशसभा सदस्य मनिष सुमनको प्रमुखले जेसीजबाट राजनीतिकर्मीले धेरै कुरा सिक्नु पर्ने बताउँदै जेसीज आस्था र दर्शनबाट प्रभावित क्रियाशील युवाहरुको राजनीतिमा हस्तक्षेप नहुँदा मुर्ख र बेइमानहरु राजनीतिमा हावी भएको बताए ।
- प्रसस्त युवाहरु क्रियाशील रहेको जेसीजलाई सहयोग गर्ने गत वर्षदेखिको इच्छा यस वर्ष पुरा गर्ने प्रतिबद्धता दोहो¥याउँदै उनले जुनसुकै राजनीतिक विचारधारा भए पनि समाजलाई समृद्ध गर्न एकजुट हुनुपर्ने बताए ।
- आयोजित पदस्थापन समारोहमा अध्यक्षका रुपमा सिद्धार्थ तातेडको नेतृत्वमा नयाँ कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया