दैनिक समाचारदाता
राजविराज, २० माघ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य महेन्द्र मण्डल बनवारी मोटरसाईकल दुर्घटनामा परि घाईते भएका छन ।
गत आईतवार जमुनीमधेपुराबाट राजबिराज आउने क्रममा मोटरसाईकलबाट लडेर उनी घाइते भएका हुन् । सो दुर्घटनामा परी उनको टाउको, खुट्टा र हातमा गम्भीर चोट लागेको छ ।
अहिले उनको छिन्मस्ता अस्पतालमा उपचार भईरहेको छ । उपचारमा संलग्न चिकित्सकले टाउको सिटिस्क्यान गर्दा टाउकोमा रगत जमेको जानकारी दिएका छन् ।
टाउको जमेको रगत दुई चार दिनमा ठिक हुने चिकित्सकलाई उद्धृत गर्दै बनवारीका भतिज रूपेश मण्डलले जानकारी दिए ।
सोमबार अस्पतालमा भर्ना भएका बनवारीको स्वास्थ अबस्था हाल समान्य रहेको छ । उनी अहिले बोलचाल समेत गरिरहेको नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादबले बताए ।
बनवारीको स्वास्थ्य अवस्था बुझ्न मंगलबार पत्रकार महासंघ सप्तरीका सहसचिव यादबसहित जिल्ला सदस्य भूषण सिँह, भुपेन्द्र मण्डल लगायत अस्पताल पुगेका थिए ।

यता सोही अस्पतालमा उपचार भईरहेका नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य प्रेम श्रेष्ठको अबस्था गम्भीर रहेको छ ।
श्रेष्ठको छिन्मस्ता अस्पतालमा प्रोस्टेडको अपरेशन भएपनि स्वास्थ अबस्था सुधार नभएपछि उनलाई थप उपचारका लागि बिराटनगर लगिएको परिवारजनले जनाएको छ ।
प्रतिक्रिया
० प्रतिक्रिया