दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
बिराटनगर क्रिकेट एकेडेमी र सप्तरी ११ बिच शनिवार सम्पन्न मैत्रिपुर्ण एक दिवसिय क्रिकेटमा बिराट क्रिकेट एकेडेमीले सप्तरी ११ लाई २ बिकेटले पराजित गरेको छ ।
तिलाठि कोईलाडि गाउँपालिका अन्र्तगत बभनगामाकट्टी क्रिकेट मैदानमा सप्तरी ११ ले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेको थियो । निर्धारित ४० ओभरको खेलमा २२ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई ९४ रनमै समेटिएको थियो ।
सस्तोमा समेटन बिराटनगरका बलर प्रशान्त साहले ६ ओभर १ बलम २० रन दिई महत्वपुर्ण ५ बिकेट लिएका थिए भने उनलाई श्रवण किशु २ तथा सुयोग कार्कि र खितिक कामतले १÷१ बिकेट लिएका थिए । सप्तरी ११ का लागि मो. सकिमले २९, निरज यादव १५ तथा आशिष झाले १३ रनको योगदान दिएका थिए ।
९५ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको बिराटनगर क्रिकेट एकेडेमीले रोमान्चक तरिकाले १९ ओभरमा ८ बिकेट गुमाई उक्त लक्ष्य भेटाएका थिए । कुनै समय ७९ रनमै ८ बिकेट गुमाएका बिराटका लागि प्रशान्त साहले उत्कृष्ट ब्याटिंग गर्दै आफनो टिमलाई जित दिलाएका थिए ।
प्रशान्तले १० बलमा २ छक्काको मद्धतले नटआउट रहि २७ रनको योगदान दिएका थिए भने कपिल मण्डलले १३ रनको योगदान दिएका थिए । बलिंग तर्फ सप्तरी ११ का अजय यादवले ३ तथा असन जमाल र राज बर्माले क्रमशः २ र १ बिकेट लिएका थिए । खेलमा उत्कृष्ट प्रर्दशन गरे वापत बिराटनगर क्रिकेट एकेडेमीका प्रशान्त साह भएका थिए ।
बिराटनगर क्रिकेट क्लबद्वारा सप्तरी ११ पराजित
सारांश
- तिलाठि कोईलाडि गाउँपालिका अन्र्तगत बभनगामाकट्टी क्रिकेट मैदानमा सप्तरी ११ ले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेको थियो ।
- निर्धारित ४० ओभरको खेलमा २२ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई ९४ रनमै समेटिएको थियो ।
- सस्तोमा समेटन बिराटनगरका बलर प्रशान्त साहले ६ ओभर १ बलम २० रन दिई महत्वपुर्ण ५ बिकेट लिएका थिए भने उनलाई श्रवण किशु २ तथा सुयोग कार्कि र खितिक कामतले १÷१ बिकेट लिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया