दैनिक समाचारदाता
राजबिराज, ५ फागुन ।
जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीको असंबैधानिक कदम बिरुद्ध अन्य दलहरुसँग संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने बारेमा प्रयास भइरहेको जानकारी दिएका छन् ।
कार्यकर्ता भेटघाट तथा अन्य कार्यक्रममा सहभागि हुन बुधबार राजविराज आएका नेता महतोले सो जानकारी दिएका हुन् ।
उनले संविधान संशोधन र प्रतिनिधिसभाको पुर्नस्थापनाको विषयका साथ साथै रेशम चौधरी लगायत अन्य राजनीतिक बन्दीहरुको रिहाईको विषय पनि संयुक्त आन्दोलनका क्रममा साझा मुद्दाको रुपमा बनाइने बताए ।
जनताद्वारा निर्वाचित प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगमनका साथै संबैधानिक “कु” गरेको आरोप लगाउँदै मुलुकको राजनैतिक संकट निकासका लागि प्रधानमन्त्रीको कदम सच्याउनु आवश्यक रहेको उनको भनाई छ ।
नेता महतोले बुधबारै राजविराजमा संचालनमा ल्याइएको एक डेन्टल क्लिनिक प्रालिको उद्घाटन गर्नुका साथै हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर पुगेर तीन दिनअघि निधन भएका जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य सुरेन्द्र झाका परिवारजनलाई भेटेर सम्वेदना व्यक्त गरेका थिए ।
संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने तयारी भइरहेको छ ः राजेन्द्र महतो
सारांश
- कार्यकर्ता भेटघाट तथा अन्य कार्यक्रममा सहभागि हुन बुधबार राजविराज आएका नेता महतोले सो जानकारी दिएका हुन् ।
- उनले संविधान संशोधन र प्रतिनिधिसभाको पुर्नस्थापनाको विषयका साथ साथै रेशम चौधरी लगायत अन्य राजनीतिक बन्दीहरुको रिहाईको विषय पनि संयुक्त आन्दोलनका क्रममा साझा मुद्दाको रुपमा बनाइने बताए ।
- जनताद्वारा निर्वाचित प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगमनका साथै संबैधानिक “कु” गरेको आरोप लगाउँदै मुलुकको राजनैतिक संकट निकासका लागि प्रधानमन्त्रीको कदम सच्याउनु आवश्यक रहेको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया