दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. १ बरहीस्थित भगवती र डिहबार मन्दिरको अग्रभागमा ८ विगहा १ कठ जग्गामा फैलिएको ऐतिहासिक पोखरीको जिर्णोद्वारका लागि सोमबार शिलान्यास गरिएको छ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले उपलब्ध गराएको २५ लाख रुँपैयाले पोखरीको जिर्णेद्वाराका साथै चारैतिर घाट निर्माण र सौन्दर्यकरण गर्न लागिएको हो ।
दशैंका बेला सो स्थानमा ठूलो मेला लाग्ने गरेको तथा आसपासका जिल्लाका साथै सीमावर्ती भारतीय क्षेत्रका समेत हजारौं तिर्थयात्री यस स्थलमा आउने गरेकाले यसलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सघाउने उद्देश्यले निर्वाचन क्षेत्र विकास कोषबाट २५ लाख रुँपैया सहयोग उपलब्ध गराइएको मन्त्री साहले बताए ।
उनले यस स्थलको प्रचार प्रसार र विकासका लागि आगामी दिनमा मुख्यमन्त्री स्वच्छता कार्यक्रमबाट पनि थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
ऐतिहासिक पोखरीलाई नयाँ स्वरुप दिनुका साथै सोही वडामा एउटा व्यवस्थित खेलमैदान निर्माणको गृहकार्य समेत भइरहेको मन्त्री साहले जानकारी दिए ।
२५ लाखको लागतमा ऐतिहासिक पोखरीलाई नयाँ रुप दिइदै
सारांश
- निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले उपलब्ध गराएको २५ लाख रुँपैयाले पोखरीको जिर्णेद्वाराका साथै चारैतिर घाट निर्माण र सौन्दर्यकरण गर्न लागिएको हो ।
- दशैंका बेला सो स्थानमा ठूलो मेला लाग्ने गरेको तथा आसपासका जिल्लाका साथै सीमावर्ती भारतीय क्षेत्रका समेत हजारौं तिर्थयात्री यस स्थलमा आउने गरेकाले यसलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सघाउने उद्देश्यले निर्वाचन क्षेत्र विकास कोषबाट २५ लाख रुँपैया सहयोग उपलब्ध गराइएको मन्त्री साहले बताए ।
- उनले यस स्थलको प्रचार प्रसार र विकासका लागि आगामी दिनमा मुख्यमन्त्री स्वच्छता कार्यक्रमबाट पनि थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया