दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
सप्तरी प्रिमियर लिग मेयर कप (एसपीएल) तेश्रो संस्करण चैत ८ गतेदेखि सप्तरीको राजविराजमा सुरु हुने भएको छ ।
राजविराज नगरपालिकाको सहयोगमा आयोजना हुने प्रतियोगिताको आयोजना सप्तरी क्रिकेट संघले गर्दै आएको छ ।
प्रतियोगितामा ४ वटा फ्रेन्चाइज् टिमहरु सहभागी हुनेछन् जसमा रुपनी राइडर्स, तिलाठी कोइलाडी, बजाज खडक वारियर्स, टिभिएस किंगस राजबिराज रहेका छन् । सो प्रतियोगिताको लागि ४ वटै टोलीले मारकी र एक जना स्थानिय मारकी छनौट गरिसकेको अध्यक्ष श्रेष्ठले बताए ।
जसमा तिलाठी कोईलाडीका लागि नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन सिँह ऐरी, त्यस्तै रूपनी राईडर्सका राष्ट्रिय टोलिका सदस्य कुशल भुर्तेल, टिभिएसमा राष्ट्रिय किर्तिमानी खेलाडी महबुव आलम, बजाज खडक वरिर्यस तर्फ नेपाल क्रिकेट टोलीका राष्ट्रिय खेलाडी पवन सराफ मारकी र बोदेबरसाईन थ्रंडर्सको मारकीमा सिधानद लोहनी रहेको छनोट गरिएको सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले जानकारी दिए ।
यसैगरी स्थानिय प्रतिभान खेलाडीहरूमा तिलाठीमा आशिष झा, रूपनीमा अनोज यादब, बजाजमा बिवेक यादब, टिभिएसमा रोहित सिँहलाई चयन गरिएको छ ।
यता बुधवार बिहान ११ बजेदेखि राजविराजमा खेलाडी छनोट खरिद बिक्री (अक्सन) हुने सो अक्सनको प्रत्यक्ष प्रशारण ऐरिना टिभिबाट प्रशारण गरिने छ ।
अघिल्लो संस्करण मा डाक्नेश्वरी ड्रागनले रुपनी राइडर्सलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थिए यसपाली डाक्नेश्वरीले सहभागिता जनाएको छैन ।
प्रतियोगिताको मिति घोषणा गरेपछि बोल्दै सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले भने यो पटक प्रतियोगिता बिगतको संस्करण भन्दा स्तरीय हुने बताए ।
यो पटक लिगमा राष्ट्रिय खेलाडीहरुको संख्या बढ्ने बताउदै श्रेष्ठले एउटा टिमले अन्तिम–११ मा ५ जना जिल्ला बाहिरका खेलाडीहरु समाबेश गर्न पाउने पनि जानकारी गराए ।
लिगको अघिल्लो संस्करण स्थानीय खेलाडी मेहबुब आलम सहित राष्ट्रिय क्रिकेटरहरु सुनिल धमला, मन्जित श्रेष्ठ, राजेश पुलामी, नन्दन यादव, प्रेम तामाङ्ग, हसिम अन्सारी, पुष्प थापा, अविनाश कर्ण, हरिशंकर शाह जस्ता राष्ट्रिय खेलाडीहरु लिगमा बिभिन्न टिममा आवद्ध रहेका थिए ।
श्रेष्ठका अनुसार प्रतियोगिताको खेलहरु पहिलो पटक राजरंगशालामा खेलिनेछ जहाँ दर्शकहरुले खेल हेर्न टिकट काट्नुपर्ने छ । यस अघि प्रतियोगिता पबिमाविको खेल मैदानमा आयोजना हुँदै आएको थियो ।
सो प्रतियागितामा बिजेतालाई ३ लाख र उपबिजेता ले १ लाख ५० हजार पुरस्कार राखिएको छ ।
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण ८ गतेदेखी
सारांश
- राजविराज नगरपालिकाको सहयोगमा आयोजना हुने प्रतियोगिताको आयोजना सप्तरी क्रिकेट संघले गर्दै आएको छ ।
- प्रतियोगितामा ४ वटा फ्रेन्चाइज् टिमहरु सहभागी हुनेछन् जसमा रुपनी राइडर्स, तिलाठी कोइलाडी, बजाज खडक वारियर्स, टिभिएस किंगस राजबिराज रहेका छन् ।
- सो प्रतियोगिताको लागि ४ वटै टोलीले मारकी र एक जना स्थानिय मारकी छनौट गरिसकेको अध्यक्ष श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
वर्तमान सरकार समस्याहरुप्रति गम्भीर छैन ः पूर्वमन्त्री यादव
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
प्रतिक्रिया
० प्रतिक्रिया