ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ६, २०७७
|
|
२५ पटक हेरिएको
Shares
ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले  रहिरहन उचित नहुने : नेता डा. महत

सारांश

  •     राजविराजमा शुक्रबार नेपाल शिक्षक संघको २१ औं र २२ औं जिल्ला प्रतिनिधिसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।
  •       उनले यही सरकार रहँदासम्म राजनीतिक अन्यौलता अझै बढ्ने दाबी गर्दै मुलुकको वर्तमान अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा काँग्रेसले सरकारको नेतृत्व लिएर मुलुकलाई निकास दिने बेला आइसकेको समेत बताए ।
  •       नेता महतले काँग्रेसलाई सरकारको नेतृत्व लिन सहज वातावरण निर्माणको जिम्मेवारी नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको पनि रहेको जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 
    नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकासशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नैतिकताको हिसाबले रहिरहन उचित नहुने बताएका छन् । 
    राजविराजमा शुक्रबार नेपाल शिक्षक संघको २१ औं र २२ औं जिल्ला प्रतिनिधिसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् । 
    उनले यही सरकार रहँदासम्म राजनीतिक अन्यौलता अझै बढ्ने दाबी गर्दै मुलुकको वर्तमान अन्यौलपूर्ण राजनीतिक परिस्थितिमा काँग्रेसले सरकारको नेतृत्व लिएर मुलुकलाई निकास दिने बेला आइसकेको समेत बताए । 
    नेता महतले काँग्रेसलाई सरकारको नेतृत्व लिन सहज वातावरण निर्माणको जिम्मेवारी नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टीको पनि रहेको जिकिर गरे । 
    उनले सम्मानजनक अवस्थामा काँग्रेस सरकारको नेतृत्व लिन तयार रहेको बेला माओवादी र जसपाले पनि उचित वातावरण बनाउन उत्तिकै जरुरी रहेको उल्लेख गरे । 
    नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष शैलेन्द्र कुमार मण्डलको अध्यक्षतामा आयोजित सभामा विभा झाले आर्थिक तथा विश्वनाथ भदेसवार यादवले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । 
    कार्यक्रममा काँग्रेस सप्तरीका सभापति दिनेश यादव, ट्रेड युनियनका अध्यक्ष मनोज मण्डल लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
सप्तरीमा कोरोना संक्रमितको संख्या शुन्य
राष्ट्रिय सभा सदस्य सिंह गृहगाउँमा सम्मानित
राष्ट्रिय सभा सदस्य सिंह गृहगाउँमा सम्मानित
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
खैरो हेरोइनसहित दुई पक्राउ
खैरो हेरोइनसहित दुई पक्राउ
मतगणनामा बसेका प्रतिनिधिको  फाइल झिकाउने अदालतको आदेश
मतगणनामा बसेका प्रतिनिधिको  फाइल झिकाउने अदालतको आदेश
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
समाजमा विद्यमान असमानता हटाउन सबै तहका  सरकारको प्रभावकारी कार्यान्वयन आवश्यक
दुई सय ९ मतदानस्थल अति सम्वेदनशील
दुई सय ९ मतदानस्थल अति सम्वेदनशील
जेठानीको कुटाईबाट देवरानीको  पाँच महिने गर्भ तुहियो
जेठानीको कुटाईबाट देवरानीको  पाँच महिने गर्भ तुहियो