मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ

राजविराज राजविराज
|
सोमबार, चैत्र ९, २०७७
|
|
३० पटक हेरिएको
Shares
मेरिकोद्वारा “निहार आयुर्वेदिक ठण्डा तेल” को बिक्री शुभारम्भ

सारांश

  •     शितलता दिने तेलमा १० आयुर्वेदिक तत्वहरु पुदिना, ब्राह्मी, जटामांसि, अश्वगन्धा, नीलगिरि, लेमन ग्रास, नीम, कपूर र नरिवल तेल लगायत अन्य जडिबुटिहरुको अनुपम समिश्रण रहेको छ ।
  •      सो तेलको प्रयोगले तनावपूर्ण समयमा तनाव कम गर्न तथा माँशपेसीहरु र शरीरलाई आराम प्रदान गर्न सहयोग गर्दछ ।
  •     ठण्डा तेलका साथै निहारले नेपाली उपभोक्ताहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका केश तेलहरु निहार शान्ति बदाम अमला तेल, निहार, ज्यास्मिन नरिवल केश तेल तथा निहार अलमोन्ड तेल पनि उपलब्ध गराइरहेको छ ।

दैनिक समाचारदाता
काठमाडौ, ८ चैत ।
    मेरिकोको केश तेल ब्राण्डहरु मध्ये एक निहारको विशेष उत्पादन “निहार आयुर्वेदिक ठण्डा तेल” को नेपालमा बिक्री शुभारम्भ भएको छ । 
    शितलता दिने तेलमा १० आयुर्वेदिक तत्वहरु पुदिना, ब्राह्मी, जटामांसि, अश्वगन्धा, नीलगिरि, लेमन ग्रास, नीम, कपूर र नरिवल तेल लगायत अन्य जडिबुटिहरुको अनुपम समिश्रण रहेको छ ।
     सो तेलको प्रयोगले तनावपूर्ण समयमा तनाव कम गर्न तथा माँशपेसीहरु र शरीरलाई आराम प्रदान गर्न सहयोग गर्दछ ।
    ठण्डा तेलका साथै निहारले नेपाली उपभोक्ताहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका केश तेलहरु निहार शान्ति बदाम अमला तेल, निहार, ज्यास्मिन नरिवल केश तेल तथा निहार अलमोन्ड तेल पनि उपलब्ध गराइरहेको छ । 
    निहार ज्यास्मिन नरिवल केश तेलमा नरिवल र मेथीको दोहोरो गुण छ, जसले कपाललाई पोषण दिन्छ र कपाललाई बलियो तथा बाक्लो बनाउँछ । निहार अलमोन्ड तेलमा भिटामिन इको गुण भरपूर छ, जसले रेशमी र मजबुत कपाल बनाउन मद्दत गर्छ ।
    सबै भन्दा पछिल्लो उत्पादन निहार आयुर्वेदिक ठण्डा तेलले विद्यमान उत्पादनको सूचीलाई व्यापक बनाउने र निहार ब्राण्डको वृद्धिगर्ने लक्ष्य लिएको छ । ३ भिन्न साईजहरु १०० मिलि, २०० मिलि र ५०० मिलिमा उपलब्ध निहार ठण्डा तेल नेपालभरका स्टोरहरुमा उपलब्ध गराइने जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?