दैनिक समाचारदाता
राजबिराज, ५ बैशाख ।
कोरोनाको त्रासका बीच आइतबार जलाशय किनारमा भिडभाड नगरि तथा घरको छतमा ब्रतालुहरुले चैती छठ पर्वमा मनाउँदै छन् ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पुरा हुने उद्देश्यले श्रद्धापूवर्क मनाइने चैती छठ पर्व अन्तरगत आइतबार सझियाघाट (अस्ताउँदो सूर्यको पूजा) गरि ब्रतालु र श्रद्धालु पर्वमा सहभागि भएका हुन् ।
सझियाघाटको पूजामा ब्रतालुहरु तयार गरिएको पूजा सामाग्रि परिवारका सबै सदस्यसहित नदी, तलाउ, पोखरी र घरको छत लगायतका स्थानमा पूजा गरेका छन् । सदरमुकाम राजविराजको कल्टु, तुरन्ती, पूर्णिलगायतका जलाशय किनारमा पूजाघाटमा चैती छठ मनाउन ब्रतालु र दर्शनार्थी पुगेका छन् ।
यता कतिपय ब्रतालुले कोरोनाको जोखिमलाई ध्यानमा राखी घरकै छतमा अस्थायी पोखरीको निर्माण गरि छठ पर्वमा सहभागि भएको पाइएको छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिवत सम्पन्न हुनेछ ।
जलाशय किनार तथा घरको छतमा चैती छठ मनाइदै
सारांश
- पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पुरा हुने उद्देश्यले श्रद्धापूवर्क मनाइने चैती छठ पर्व अन्तरगत आइतबार सझियाघाट (अस्ताउँदो सूर्यको पूजा) गरि ब्रतालु र श्रद्धालु पर्वमा सहभागि भएका हुन् ।
- सझियाघाटको पूजामा ब्रतालुहरु तयार गरिएको पूजा सामाग्रि परिवारका सबै सदस्यसहित नदी, तलाउ, पोखरी र घरको छत लगायतका स्थानमा पूजा गरेका छन् ।
- सदरमुकाम राजविराजको कल्टु, तुरन्ती, पूर्णिलगायतका जलाशय किनारमा पूजाघाटमा चैती छठ मनाउन ब्रतालु र दर्शनार्थी पुगेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया