जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह

राजविराज राजविराज
|
शुक्रबार, बैशाख १०, २०७८
|
|
३२ पटक हेरिएको
Shares
जग्गा विवादमा घाइते भएका बुवालाई न्याय दिलाउन छोराको आग्रह

सारांश

  •     सो घटनामा घाइते भएका साहको विगत तीन दिनदेखी गजेन्द्र नारायण सिह अस्पतालमा उपचार गराईरहेका छन् ।
  •     उनको टाउकोमा सात वटा टाँका लागेको छ ।
  •       पीडितका छोरा जिवछ साहले धारिलो हतियारले आक्रमण गरी घाईते बनाउनेहरुलाई प्रहरीले कुनै कारवाही नगरेको गुनासो गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० बैशाख । 
    जग्गा विवादमा कुटपिटबाट घाईते भएका सप्तरीको विष्णुपुर गाउँपालिका ३ का धनेश्वर प्रसाद साहलाई न्याय दिलाउन आग्रह गरिएको छ । 
    सो घटनामा घाइते भएका साहको विगत तीन दिनदेखी गजेन्द्र नारायण सिह अस्पतालमा उपचार गराईरहेका छन् ।     उनको टाउकोमा सात वटा टाँका लागेको छ । 
    पीडितका छोरा जिवछ साहले धारिलो हतियारले आक्रमण गरी घाईते बनाउनेहरुलाई प्रहरीले कुनै कारवाही नगरेको गुनासो गरेका छन् । 
    शुक्रवार सदरमुकाम राजविराज आईपुगेका जिवछले न्यायका लागी पहल गरिदिन संचारकर्मीहरुलाई आग्रह गरेका छन् । 
    उनका अनुसार गत बुधवार जग्गा विवादको विषयलाई लिएर गाँउकै एक पक्षले बुवालाई गम्भीर घाईते बनाएका थिए । घटनामा संलग्नहरु बारे प्रहरीमा लिखित जानकारी गराउँदा पनि दोषि उपर कुनै कारवाही हुन नसकेको उनको गुनासो छ ।
    उनले वडाअध्यक्ष रामेश्वर यादवले दोषीलाई जोगाउन खोजेको आरोप समेत लगाएका छन् । यसबारे वडा अध्यक्ष यादवसंग जिज्ञासा राख्दा उनले आफु दोषि उम्काउने कुनै खेलमा नलागेको र आफुमाथी लगाइएको आरोप निराधार रहेको दाबी गरेका छन् । 
    सडक विस्तारको क्रममा दुई पक्षबीच विवादको क्रममा साह सामान्य घाईते भएको र विपक्षीलाई दुख: दिन अस्पतालमै वसेको उनको दाबी छ । 
    पीडित पक्षलाई क्षतीपुर्ती दिलाउन आफु तयार रहेपनि साह पक्ष तयार नहुदा समस्या भएको र समाधानका लागी प्रयासरत रहेको उनको भनाई छ । 
    यता डिएसपि माधव प्रसाद काफ्लेले घट्नाबारे अनुसन्धान भईरहेको र दोषिलाई नछाडिने बताएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?