कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 

राजविराज राजविराज
|
बुधबार, बैशाख २९, २०७८
|
|
२१ पटक हेरिएको
Shares
कोरोना संक्रमित दुईको मृत्यु, मृत्यु हुनेको संख्या ५१,  थप ४४ जना संक्रमित, संक्रमितको संख्या २ हजार ४ सय ९ 

सारांश

  •     यो संगै सप्तरीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ ।
  • जसमा पहिलो लहरमा ४२ जना तथा हाल दोस्रो लहरमा ९ जनाको मृत्यु भइसकेको छ ।
  •     सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न.

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख । 
    कोरोना पोजेटिभ भएका एक सप्तरीका पुरुषको मंगलबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ भने एक बृद्धाको जिल्लास्थित आफ्नै घरमा मृत्यु भएको छ ।
    यो संगै सप्तरीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ । जसमा पहिलो लहरमा ४२ जना तथा हाल दोस्रो लहरमा ९ जनाको मृत्यु भइसकेको छ ।
    सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न. १ भलुवा निवासी ६१ वर्षीय सो पुरुषको धरानस्थित बि.पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
    मुटुमा समस्या देखिएपछि वैशाख २७ गते उनलाई सो अस्पतालको इमरजेन्सी वार्डमा उपचारको लागि भर्ना गरिएको थियो । सो क्रममा पिसिआर परिक्षण गर्दा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो ।
    यस्तै सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित संक्रमित एक ६१ बर्षिया महिलाको मृत्युु भएको छ । ती महिलाको घरका चार जना परिवारसमेत संक्रमित थिए । उनीहरु सबै होम आइशोलेशनमामा छन् । 
    संक्रमितमध्ये सबभन्दा पाको उमेरकी ती महिलाको मृत्युु भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 
    यसैबीच सप्तरीमा बुधबार ७८ जनाको पिसिआर परिक्षण गर्दा ४४ जना कोरोना संक्रमित फेला परेका छन् ।  
    गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ७८ जनाको पिसिआर परीक्षण गर्दा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । योसँगै सप्तरीमा संक्रमित हुनेको संख्या २ हजार ४ सय ९ पुगेको छ । 
    यता बुधबार ५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या १ हजार ७ सय ९८ पुगेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले तोकेको धानको मुल्य किसानले अझै पाएनन्
सरकारले तोकेको धानको मुल्य किसानले अझै पाएनन्
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
धर्नामा बसेका वडाअध्यक्ष र नगर प्रमुख पक्षबीच झडप,  स्थिती नियन्त्रणमा लिन दर्जनौं सेल आश्रुग्यास प्रहार
त्रियुगा नदीमा आएको बाढीले फत्तेपुरका  २ सय ५० परिवार घरवारबिहिन
त्रियुगा नदीमा आएको बाढीले फत्तेपुरका  २ सय ५० परिवार घरवारबिहिन
मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते  
मोटरसाइकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्यु, चार जना घाइते  
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान
अस्पताललाई लाखौं मुल्य बराबरको प्रजनन् स्वास्थ्य सामग्री प्रदान
निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
ट्रक दुर्घटनामा दुईको मृत्यु
ट्रक दुर्घटनामा दुईको मृत्यु
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
अग्निपीडित झालाई राहत प्रदान
अग्निपीडित झालाई राहत प्रदान