दैनिक समाचारदाता
राजविराज, १४ असार ।
सोमबारदेखी प्रदेश २ को ८ वटै जिल्लामा प्रदेश हरित अभियान २०७८ को सुरुवात भएको छ । स्वच्छ, समृद्ध तथा हरियाली प्रदेश बनाउने उद्देश्यले सो अभियानको सुरुवात गरिएको हो ।
सप्तरीको रुपनीस्थित सवडिभिजन वन कार्यालय परिसर तथा आसपासका क्षेत्रमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले बोट रोपेर सप्तरी जिल्लामा अभियानको सुरुवात गरेका हुन् ।
बृक्षारोपण अभियानको शुभारम्भ गर्दै मन्त्री साहले अनियन्त्रित वन फडानीले जलवायु परिवर्तनमा प्रत्यक्ष प्रभाव पार्नुका साथै विभिन्न खाले माहामारी जस्ता विपद् ल्याउने भएकाले यसबाट जोसगन र प्रदेशलाई स्वच्छ, समृद्ध र हरियाली बनाउन अभियान थालिएको बताए ।
उनीसँगै आएका वन मन्त्रालयका उपसचिव हेमन्त साह, सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठका साथै रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादव, वनअधिकृत रामअशिष यादव लगायतले पनि विभिन्न जातका बिरुवा रोप्दै यसको संरक्षणमा जोड दिएका थिए ।
यता प्रदेश २ को ८ वटै जिल्लामा एकै दिनदेखी सुरु भएको अभियानको धनुषामा मुख्यमन्त्री लालबाबु राउत तथा बाँकी ६ जिल्लामा अन्य मन्त्रीहरुले बृक्षारोपन गरि अभियानको सुरुवात गरेका हुन् ।
अभियान अन्तरगत प्रदेश २ का ८ वटै जिल्लामा कुल १ हजार १ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ बिरुवा रोप्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा १४ लाख भन्दा बढी बोटबिरुवा रोपिदै
सारांश
- सप्तरीको रुपनीस्थित सवडिभिजन वन कार्यालय परिसर तथा आसपासका क्षेत्रमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले बोट रोपेर सप्तरी जिल्लामा अभियानको सुरुवात गरेका हुन् ।
- बृक्षारोपण अभियानको शुभारम्भ गर्दै मन्त्री साहले अनियन्त्रित वन फडानीले जलवायु परिवर्तनमा प्रत्यक्ष प्रभाव पार्नुका साथै विभिन्न खाले माहामारी जस्ता विपद् ल्याउने भएकाले यसबाट जोसगन र प्रदेशलाई स्वच्छ, समृद्ध र हरियाली बनाउन अभियान थालिएको बताए ।
- उनीसँगै आएका वन मन्त्रालयका उपसचिव हेमन्त साह, सामाजिक विकास मन्त्रालयका सचिव इमनारायण श्रेष्ठका साथै रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादव, वनअधिकृत रामअशिष यादव लगायतले पनि विभिन्न जातका बिरुवा रोप्दै यसको संरक्षणमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया