दैनिक समाचारदाता
राजविराज, २७ असार ।
बिपन्न गरिव समुदायका सुनौलो हजार दिनका महिलाहरूलाई दुई दिने एकीकृत तालिम सम्पन्न भएको छ ।
राजबिराज नगरपालिका कार्यालयको आयोजनामा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत नगरका वडा नम्वर १, ७ र ८ मा गर्भवति, सुत्केरी महिलाहरूलाई कुपोषणमा सुधार ल्याउन तालिमको आयोजना गरिएको हो ।
गर्भवति तथा सुत्केरी महिलाहरूलाई खानपान, स्याहार र सरफाईमा उचित ध्यान दिन तथा जनचेतना फैलाउनका लागि सुनौलो हजार दिनका महिलाहरूलाई शिशु स्याहार गर्न र कुपोषण दर घटाउन सहजिकरण गरिएको नगरपालिका पोषण सहजकर्ता रंजिता यादबले बताईन ।
उक्त तालिममा सुनौलो हजार दिन महिलाहरूलाई शिशु स्याहार सँगै उनीहरूलाई हरेक बार खाना चार अर्थात अन्य, दलहन, पहलो फलफुल, सागसब्जी, र पशुजन्य खाना खुवाउन गरि चार समुहका खाना खुवाउनु पर्नेमा बताईएको छ ।
सो तालिममा राजबिराज नगरपालिका पशु बिकास शाखा, स्वास्थ शाखा, कृषि शाखा, खानेपानी सरसफाई शाखा, महिला बिकास शाखा, शिक्षा शाखा लगायत का ७ वटै शाखाका प्रमुखहरूले सुनौलो हजार महिलाहरूलाई बानी व्यवहार र वालवालिकाहरूको कुपोषित हुन नदिन का तालिमको आयोजना गरिएको राजबिराज नगरपालिकाका प्रशासन प्रमुख मनोज यादब बताए ।
राजबिराज नगरपालीकका प्रमुख प्रशासकिय अधिकृत मदनकुमार थापा, शिक्षा शाखा भोगेन्द्र यादब, स्वास्थ शाखा प्रमुख निरन्जन यादब, पशु बिकास शाखा प्रमुख परमेश्वर यादब, कृषि बिकास अधिकृत हरिनारायण यादब, महिला बिकास शाखा अधिकृत अनिता चौधरी लगायतले तालिमको सहजिकरण गरेका थिए ।
बिपन्न सुमदायका महिलाहरू पोषण सम्बन्धी एकीकृत तालिम
सारांश
- राजबिराज नगरपालिका कार्यालयको आयोजनामा बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत नगरका वडा नम्वर १, ७ र ८ मा गर्भवति, सुत्केरी महिलाहरूलाई कुपोषणमा सुधार ल्याउन तालिमको आयोजना गरिएको हो ।
- गर्भवति तथा सुत्केरी महिलाहरूलाई खानपान, स्याहार र सरफाईमा उचित ध्यान दिन तथा जनचेतना फैलाउनका लागि सुनौलो हजार दिनका महिलाहरूलाई शिशु स्याहार गर्न र कुपोषण दर घटाउन सहजिकरण गरिएको नगरपालिका पोषण सहजकर्ता रंजिता यादबले बताईन ।
- उक्त तालिममा सुनौलो हजार दिन महिलाहरूलाई शिशु स्याहार सँगै उनीहरूलाई हरेक बार खाना चार अर्थात अन्य, दलहन, पहलो फलफुल, सागसब्जी, र पशुजन्य खाना खुवाउन गरि चार समुहका खाना खुवाउनु पर्नेमा बताईएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया