दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
सप्तरीको सप्तकोशी नगरपालिका १० निवासी पदिकी शेर्पाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सोही वडा निवासी ३७ वर्षिय सन्तोष तामाङलाई पक्राउ गरेको जनाएको छ ।
पुस १२ गते बिहानदेखी रमेश श्रेष्ठकी श्रीमती २६ वर्षिया पदिकी शेर्पा घरबाट हराई बेपत्ता भएपछि १३ गते घर नजिकै रहेको पानीको कुलोमा उनी मृत अवस्थामा फेला परेकी थिइन् ।
सो घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दै जाँदा अनुसन्धानका क्रममा सन्तोष तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका तामाङले पुरानो रिसिईवीका कारणले पदिकी शेर्पाको घर नजिकै रहेको नहर छेउमा ढुङगा र खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
यता पक्राउ परेका तामाङलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ
सारांश
- सोही वडा निवासी ३७ वर्षिय सन्तोष तामाङलाई पक्राउ गरेको जनाएको छ ।
- पुस १२ गते बिहानदेखी रमेश श्रेष्ठकी श्रीमती २६ वर्षिया पदिकी शेर्पा घरबाट हराई बेपत्ता भएपछि १३ गते घर नजिकै रहेको पानीको कुलोमा उनी मृत अवस्थामा फेला परेकी थिइन् ।
- सो घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दै जाँदा अनुसन्धानका क्रममा सन्तोष तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो
प्रतिक्रिया
० प्रतिक्रिया