दुई हजार चार सय चल्ला बरामदपछि नष्ट

राजविराज राजविराज
|
बिहिबार, श्रावण १४, २०७८
|
|
९० पटक हेरिएको
Shares
दुई हजार चार सय चल्ला बरामदपछि नष्ट

सारांश

  •     मंगलबार राती खडक नगरपालिका ७ स्थित भारतीय सीमा क्षेत्रबाट भन्सार छलेर भित्रयाइएका २ हजार ४ सय थान चल्ला बरामद गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
  •       बरामद गरिएको चल्ला प्रहरीले बुधबार नष्ट गरेको कल्याणपुरका प्रहरी निरिक्षक उमाशंकर साहले जानकारी दिएका छन् ।
  • जनप्रतिनिधि तथा पशु क्वारेन्टाइनका प्रतिनिधिको रोहबरमा खाल्डो खनेर चल्ला नष्ट गरिएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ साउन । 
    भारतबाट भन्सार छलेर चोरी पैठारी गरि भित्रयाइएका २ हजार भन्दा बढी ब्रोइलर  कुखुराका चल्ला प्रहरीले बरामद गरेको छ । 
    मंगलबार राती खडक नगरपालिका ७ स्थित भारतीय सीमा क्षेत्रबाट भन्सार छलेर भित्रयाइएका २ हजार ४ सय थान चल्ला बरामद गरेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । 
    बरामद गरिएको चल्ला प्रहरीले बुधबार नष्ट गरेको कल्याणपुरका प्रहरी निरिक्षक उमाशंकर साहले जानकारी दिएका छन् । जनप्रतिनिधि तथा पशु क्वारेन्टाइनका प्रतिनिधिको रोहबरमा खाल्डो खनेर चल्ला नष्ट गरिएको उनले बताए । 
    गस्तिमा खटेको प्रहरी टोलीलाई देखेर अवैध रुपमा चल्ला ल्याउने व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?