दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
जिल्ला खेलकुद विकास समिति सप्तरीमा लामो समयसम्म सेवारत दुई जना कर्मचारीलाई आइतबार सम्मानसहित विदाई गरिएको छ ।
समितिको कभर्ड हलमा आयोजित एक कार्यक्रममा फुटबल प्रशिक्षक राजकुमार परियार र कार्यालय सहयोगी त्रिपितनारायण साहलाई सम्मानसहित विदाई गरिएको हो ।
परियार २०५२ साल असोजदेखि कार्यरत रही ०७८ जेठ २ गते उमेर हदका कारण फुटबल प्रशिक्षक अधिकृत तृतिय पदबाट अनिवार्य अवकाश पाएका छन् भने साह २०३८ साल मंसिर ६ गतेदेखि २०४८ सालसम्म स्थायी रुपमा सेवारत थिए । २०५० सालदेखि २०७५ सालसम्म स्थानीय स्रोतबाट पारिश्रमिक पाउँदै सेवा प्रदान गरेका थिए ।
सम्मान तथा विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघका अध्यक्ष रन्जन थापा र कार्यालय प्रमुख दिनेश भुजेलले कदर पत्र प्रदान गरे ।
करातेका बरिष्ठ प्रशिक्षक बिजयमान थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा राखेप कर्मचारी संघका अध्यक्ष थापा, कार्यालय प्रमुख भुजेल, सम्मानित परियार, टेबुलटेनिस संघका अध्यक्ष मनोहर पोखरेल र प्रशिक्षक उमेश गुरुङ, विभिन्न खेलका प्रशिक्षक, कर्मचारी, खेलाडीहरूको उपस्थिती रहेको थियो ।
फुटबल प्रशिक्षक परियार र कार्यालय सहयोगी साहलाई सम्मानसहित बिदाई
सारांश
- समितिको कभर्ड हलमा आयोजित एक कार्यक्रममा फुटबल प्रशिक्षक राजकुमार परियार र कार्यालय सहयोगी त्रिपितनारायण साहलाई सम्मानसहित विदाई गरिएको हो ।
- परियार २०५२ साल असोजदेखि कार्यरत रही ०७८ जेठ २ गते उमेर हदका कारण फुटबल प्रशिक्षक अधिकृत तृतिय पदबाट अनिवार्य अवकाश पाएका छन् भने साह २०३८ साल मंसिर ६ गतेदेखि २०४८ सालसम्म स्थायी रुपमा सेवारत थिए ।
- २०५० सालदेखि २०७५ सालसम्म स्थानीय स्रोतबाट पारिश्रमिक पाउँदै सेवा प्रदान गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया