सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा

राजविराज राजविराज
|
बुधबार, भाद्र २३, २०७८
|
|
२५ पटक हेरिएको
Shares
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा

सारांश

  •     तत्कालिन राजपाबाट निर्वाचित तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिँह, राजबिराज नगर उपप्रमुख साधना झा, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष उषा मण्डल र बोदेबरसाईन नगरपालिका उपप्रमुख रन्जु साहसहित ९६ जनाले लोसपामा रोजेका हुन ।
  • स्थानीय तहमा जिल्लामा राजपाबाट २ सय १६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
  •     राजपाबाट २ सय १६, तत्कालिन संघीय समाजवादी फोरमबाट १ सय ४० र तत्कालिन नयाँ शक्ति पार्टीबाट ११ जना गरी ३ सय ६७ जना जनप्रतिनिधि मध्ये ९६ जनाले सनाखत गरेका हुन् ।

चन्दनकुमार यादव
राजविराज, २२ भदौ ।
    सप्तरीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ९६ जना जनप्रतिनिधिले रोजेका छन् । 
    तत्कालिन राजपाबाट निर्वाचित तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिँह, राजबिराज नगर उपप्रमुख साधना झा, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष उषा मण्डल र बोदेबरसाईन नगरपालिका उपप्रमुख रन्जु साहसहित ९६ जनाले लोसपामा रोजेका हुन । स्थानीय तहमा जिल्लामा राजपाबाट २ सय १६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
    राजपाबाट २ सय १६, तत्कालिन संघीय समाजवादी फोरमबाट १ सय ४० र तत्कालिन नयाँ शक्ति पार्टीबाट ११ जना गरी ३ सय ६७ जना जनप्रतिनिधि मध्ये ९६ जनाले सनाखत गरेका हुन् । 
    जसमध्ये राजबिराज १० का एक जना सदस्यको सनाखत फिर्ताकालागि निवेदन परेको छ । तत्कालिन राजपाबाट सप्तरीमा ५ वटा पालिका प्रमुखमा निर्वाचित भएका थिए ।
    तत्कालिन राजपाबाट निर्वाचित राजविराज नगरपालिका मेयर शम्भुप्रसाद यादव, हनुमाननगर कंकालिनी नगरपालिका मेयर शैलेश कुमार साह, डाक्नेश्वरी नगरपालिका मेयर शिवनारायण साह र रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव जसपामै बसेका छन् भने तिलाठी कोइलाडी गाउँपालिकाकै उपाध्यक्ष सुचिता कुमारी यादव पनि जसपा रोजेका छन् ।
    यता तत्कालिन राजपाबाट निर्वाचित राजविराज नगरपालिकाका उपमेयर साधना झा र छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष उषाकुमारी मण्डल तथा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित बोदे बरसाइन नगरपालिकाका उपमेयर रन्जु साहले लोसपामा सनाखत गरेको लोसपाका नेता प्रभाकर यादवले जानकारी दिए ।
    यता लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, संघीय सांसद १५, प्रदेश न.२ मा १६ जना, लुम्बिनी प्रदेशमा ३ जना, सुदुर पश्चिममा १ जना, स्थानीय तह तर्फ सप्तरी ९६, सिरहा १२, धनुषा १०९, महोत्तरी २५८, सर्लाही १३७, रौतहट ८८, वारा १३८, पर्सा २८, रुपन्देही २०, कपिलवस्तु १ जनाले लोसपामा सनाखत गरेको लोसपा नेता केशव झाले जानकारी दिएका छन ।
    लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा सप्तरीवाट मेयर १ जना, उपमेयर ३, धनुषा १, उपमेयर २, महोत्तरी मेयर ६, उपमेयर १०, सर्लाही मेयर ५, उपमेयर ४, रौतहट मेयर १, वारा मेयर ३, उपमेयर ५, पर्सा उपमेयर २, रुपन्देही मेयर १, उपमेयर १ जनाले लोसपामा सनाखत गरेका छन ।
    यसैगरी सप्तरीमा २९ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । 
    सुरुङ्गा नगरपालिका ३ जना वडा अध्यक्षसहित २२ जना, खडक नगरपालिकाका एक वडा अध्यक्ष र सप्तकोशी नगरपालिकाका १ जना वडा अध्यक्षसहित २९ जना जनप्रतिनिधिले नेकपा एस रोजेको नेकपा एसका सप्तरी निर्वाचन क्षेत्र नं. ४ का ईन्चार्ज राजेन्द्र प्रसाद साहले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजाज खडक वारियर्सलाई मेयर कपको उपाधी 
बजाज खडक वारियर्सलाई मेयर कपको उपाधी 
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
न्यायीक क्षेत्रको कार्य सम्पादन गर्न सप्तरी राम्रो  तथा सहयोगि स्थान ः वरिष्ठत्म न्यायाधीश ज्ञवाली,  न्यायीक क्षेत्रमा अनुभव बटुल्ने थलो हो सप्तरी ः न्यायाधीश पाण्डे
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ
श्रृंखलावद्ध रुपमा तीन जनाको हत्या गरि फरार अपराधी सात वर्षपछि पक्राउ
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    
सेनिटरी प्याड खरीद प्रकरणमा रुपनीका  प्रमुख प्रशासकीय अधिकृतसहित पाँच  जनाविरुद्ध आरोपपत्र दायर
सेनिटरी प्याड खरीद प्रकरणमा रुपनीका  प्रमुख प्रशासकीय अधिकृतसहित पाँच  जनाविरुद्ध आरोपपत्र दायर
नेपाल शिक्षक संघ मधेश प्रदेशको दोश्रो अधिवेशन शुरु
नेपाल शिक्षक संघ मधेश प्रदेशको दोश्रो अधिवेशन शुरु
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ
जनतमका केन्द्रिय सदस्य शर्मा मिटरब्याजीको आरोपमा पक्राउ
आगलागीबाट हुने क्षति न्युनिकरणका लागि  सेनाद्वारा सांकेतिक अभ्यास र उद्घार कला प्रदर्शन
आगलागीबाट हुने क्षति न्युनिकरणका लागि  सेनाद्वारा सांकेतिक अभ्यास र उद्घार कला प्रदर्शन
जसपा अध्यक्ष उपेन्द्र यादवबिरुद्ध  आफ्नै कार्यकर्ताले गरे प्रदर्शन
जसपा अध्यक्ष उपेन्द्र यादवबिरुद्ध  आफ्नै कार्यकर्ताले गरे प्रदर्शन