पोखरीमा डुबेर पाँच  दिनमा ६ जनाको मृत्यु

राजविराज राजविराज
|
आइतबार, आश्विन १०, २०७८
|
|
२३ पटक हेरिएको
Shares
पोखरीमा डुबेर पाँच  दिनमा ६ जनाको मृत्यु

सारांश

  •     गत साता मात्रै पाँच बालबालिकासहित ६ जनाको डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
  •           यसैबीच शम्भुनाथ नगरपालिका १२ अर्नाहा टोल निवासी महानन्द सरदारका दुई वर्षीय छोरा रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भएको छ ।
  •       घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० असोज । 
    सप्तरीमा विभिन्न नदी, खोला, पोखरी, खाल्डो लगायतका जलाशयमा डुबेर मृत्यु हुने घटना दिनहुँ बढ्दो छ । 
    गत साता मात्रै पाँच बालबालिकासहित ६ जनाको डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।          
यसैबीच शम्भुनाथ नगरपालिका १२ अर्नाहा टोल निवासी महानन्द सरदारका दुई वर्षीय छोरा रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भएको छ । 
    घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यसअघि शुक्रबार विष्णुपुर गाउँपालिका ५ मा खेलिरहेका आजाद अलीका तीन वर्षीय छोरा रहमतको पोखरीमा डुबेर मृत्यु भएको थियो । महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको बुधबार नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा छ ।
    यस्तै महदेवा गाउँपालिका ४ परसाहीस्थित सार्वजनिक पोखरीमा मंगलबारसमेत भाँडा धुन गएका बेला अमृत सदाकी छोरी ३० वर्षीया अविवाहिता लक्षनकुमारीको डुबेर मृत्यु भयो । सोही दिन खड्ग नगरपालिका ८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा राजेशकुमार चौधरीकी छोरी तीन वर्षीया एलिजाकुमारी डुबिरहेको अवस्थामा मृत फेला परिन् । सोहीदिन तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाकी भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डुबेर मृत्यु भयो ।
    यसअघि जिल्लामा आर्थिक बर्ष २०७६/७७ मा १५ वालबालिकासहित २७ र २०७७/७८ मा १५ बालबालिका सहित २४ जनाको पानीमा डुबेर ज्यान गएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस्तै चालू आब २०७८/७९ को नौं हप्ताको अवधीमा १३ बालवालिकासहित २१ जनाको ज्यान गईसकेको प्रहरी तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा दुई लाख भन्दा बढीको क्षति
आगलागिमा दुई लाख भन्दा बढीको क्षति
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा  अभियान चलाइदै ः शिक्षा मन्त्री यादव
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा  अभियान चलाइदै ः शिक्षा मन्त्री यादव
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
आज पत्रकार महासंघको निर्वाचन हुँदै, सप्तरी शाखामा चार जना निर्विरोध,  अध्यक्षमा देव र यादव भिड्दै 
मधेश प्रदेशबाट जाने राजश्वको  कम्तिमा ३५ प्रतिशत बजेट मधेशले  पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर 
मधेश प्रदेशबाट जाने राजश्वको  कम्तिमा ३५ प्रतिशत बजेट मधेशले  पाउनुपर्छ ः लोसपा अध्यक्ष ठाकुर 
सरस्वतीको मुर्तिलाई अन्तिम रुप दिइदै 
सरस्वतीको मुर्तिलाई अन्तिम रुप दिइदै 
मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
खोला तर्ने क्रममा यूवक वेपत्ता
खोला तर्ने क्रममा यूवक वेपत्ता
चैत मसान्त भित्र हतियार बुझाउन प्रशासनको आग्रह
चैत मसान्त भित्र हतियार बुझाउन प्रशासनको आग्रह
एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना,  प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह