महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा

राजविराज राजविराज
|
बुधबार, कार्तिक ३, २०७८
|
|
४८ पटक हेरिएको
Shares
महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा

सारांश

  •     निरन्तरको वर्षाका कारण सबैभन्दा बढी हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र राजविराज नगरपालिकाका अधिकाँश वडा डुबानमा परेका छन् ।
  •      महुली खोलामा आएको बाढीले बाँध भत्काउदा हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा स्थित दलित वस्तीका ५० घर डुबानमा परेका छन् ।
  •       महुली खोलमा पानीको उच्च वहावले महुली पुल देखी १० मिटर पुर्व गिदखोरा भन्ने स्थानमा बाँध भत्काउदा बाढी प्रवेश गरी दलित वस्तीको ५० घर डुवानमा परेको स्थानीयले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक । 
    विगत तीन दिनदेखी भईरहेको अबिरल वर्षाका कारण सप्तरीको विभिन्न भाग डुबानमा परेको छ ।  
    निरन्तरको वर्षाका कारण सबैभन्दा बढी हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका र राजविराज नगरपालिकाका अधिकाँश वडा डुबानमा परेका छन् ।     महुली खोलामा आएको बाढीले बाँध भत्काउदा हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा स्थित दलित वस्तीका ५० घर डुबानमा परेका छन् । 


    महुली खोलमा पानीको उच्च वहावले महुली पुल देखी १० मिटर पुर्व गिदखोरा भन्ने स्थानमा बाँध भत्काउदा बाढी प्रवेश गरी दलित वस्तीको ५० घर डुवानमा परेको स्थानीयले जानकारी दिएका छन् । 


    यस्तै जिता नदीको बाढीले तिलाठी कोईलाडी गाउपालिका ५ मा रहेको को.बर्साईनस्थित बाँध भत्कदा ५० घर डुबानमा परेको विपद ब्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिएका छन् । बाढीले सोही गाँउपालिका ३ सरकपुरा टोल जाने मुख्य सडक करिब १५ मिटर बगाएपछि आवागमन समेत अवरुद्ध भएको उनले जानकारी दिए । 


    यस्तै हनुमाननगर कंकालीनी नगरपालिकाको वडा ४, ८, ११ र १३ तिलाठी कोइलाडी गाउँपालिकाको १, २, ३ र ८ तथा राजविराज नगरपालिकाको ५, ७, ८, १० र ११ वडाका विभिन्न वस्ती डुबानमा परेको छ । 


    यता जिल्ला प्रहरी कार्यालय सप्तरीले बाढीले भत्काएका बाँधहरुमा सम्बन्धित नगर र गाउँपालिका तथा प्रहरीको सहयोगमा तारजाली र ढुंगा राखेर मर्मतको काम भईरहेको जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वेवारिसे मोटरसाइकल र साडी बरामद
वेवारिसे मोटरसाइकल र साडी बरामद
विष्णुपुरको नीति तथा कार्यक्रममा प्रत्येक वडामा  पार्कदेखी मुख्य चौकमा रात्री बजारको योजना
विष्णुपुरको नीति तथा कार्यक्रममा प्रत्येक वडामा  पार्कदेखी मुख्य चौकमा रात्री बजारको योजना
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
पचहत्तरको परिक्षण गर्दा ५६ सुरक्षाकर्मी  र चार न्यायाधिशसहित ६५ जना संक्रमित, संक्रमित एक महिलाको मृत्यु
प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी  
प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी  
मन्दिर व्यवस्थापन समिति गठन
मन्दिर व्यवस्थापन समिति गठन
अटो रिक्सा पल्टिदा तीन जना घाइते 
अटो रिक्सा पल्टिदा तीन जना घाइते 
माग सुनुवाई नभएको भन्दै वडा सदस्यहरुले नगरपालिकामा धर्ना दिने
माग सुनुवाई नभएको भन्दै वडा सदस्यहरुले नगरपालिकामा धर्ना दिने
मतदाता र निर्वाचन अधिकृतको कार्यालयलाई  भ्रममा पार्न झुठो उजुरी ः शेखर सिंह
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
महसुल नबुझाउँदा भेडियाका पाँच सय  घरधुरीको बिजुलीको लाइन काटियो
प्रदेश सभा सदस्यका लागि एमालेबाट लेखी सशक्त दाबेदार
प्रदेश सभा सदस्यका लागि एमालेबाट लेखी सशक्त दाबेदार