दैनिक समाचारदाता
राजबिराज, २९ कात्ति ।
रौतहटमा जारी प्रदेश २ स्तरिय वाईवाई यु १९ एकदिवसिय क्रिकेट छनोट प्रतियोगिता अन्तरगत सोमबार सप्तरीले धनुषालाई २६ रनले पराजित गरेको छ ।
रौतहटको राईस मिल खेलमैदानमा टस जितेर सप्तरीले ३७ ओभरमा १० बिकेट गुमाई १ सय २५ रनको योगफल खडा गरेको थियो । जसमा पप्पु यादब २८ रन, अजय यादब १८ अविजित बिवेक यादब १२ रन जोडेका थिए । बलिँगतर्फ धनुषाका रूपेश यादब ३ बिकेट, श्यामन राय २ तथा रोहन यादबर अभिजित १÷१ बिकेट हात पारेका थिए ।
प्रतिउत्तरमा धनुषाले २९ ओभर ६ वलमा सबै बिकेट गुमाई ९९ रन मै सिमित भएपछि सप्तरीले २६ रनले जित हात पारेको हो । टिमका लागि धनुषाका मनोज यादब १३ रूपेश यादब १२ र श्यामन यादब १० रन जोडेका थिए । सप्तरीका बिवेक यादबले घातक बलिँग गर्दै ६ ओभरमा २८ रन खर्चे ६ बिकेट लिएका थिए भने नितेश यादब र अजय यादबले समान २÷२ बिकेट हात पारे । खेलको म्यान अफ दि म्याच सप्तरी टिम राष्ट्रिय खेलाडी बिवेक यादब म्यान अफ दि म्याच घोषित भएको सप्तरी क्रिकेट सँघ सदस्य बिरेन्द्र यादबले जानकारी दिए ।
सप्तरीले धनुषालाई पराजित ग¥यो
सारांश
- रौतहटको राईस मिल खेलमैदानमा टस जितेर सप्तरीले ३७ ओभरमा १० बिकेट गुमाई १ सय २५ रनको योगफल खडा गरेको थियो ।
- जसमा पप्पु यादब २८ रन, अजय यादब १८ अविजित बिवेक यादब १२ रन जोडेका थिए ।
- बलिँगतर्फ धनुषाका रूपेश यादब ३ बिकेट, श्यामन राय २ तथा रोहन यादबर अभिजित १÷१ बिकेट हात पारेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया