बारा र सिरहा बिजयी

राजविराज राजविराज
|
मंगलबार, मंसिर २१, २०७८
|
|
३४ पटक हेरिएको
Shares
बारा र सिरहा बिजयी

सारांश

  •     पहिलो खेलमा बाराका राष्ट्रिय खेलाडी साना प्रविणको उत्कृष्ट प्रदर्शनले १० बिकेटले सर्लाहीलाई पराजित गरेको छ भने सिरहाले महोत्तरीलाई ५७ रनले हराएको छ ।
  •       टस जितेर सर्लाहीले २० ओभरमा ७ बिकेट गुमाई ८० रन को योगफल खडा गरेको थियो ।
  • जसमा आरती सिँह ३६ रन बाहेक कुनै पनि खेलाडीले दोहोर अंक पार गर्न सकेनन् ।

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर । 
    राजविराजमा संचालित प्रधानमन्त्री कप प्रदेश स्तरिय टि–ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न दुई खेलमा बारा र सिरहा बिजयी भएका छन । 
    पहिलो खेलमा बाराका राष्ट्रिय खेलाडी साना प्रविणको उत्कृष्ट प्रदर्शनले १० बिकेटले सर्लाहीलाई पराजित गरेको छ भने सिरहाले महोत्तरीलाई ५७ रनले हराएको छ । 
    टस जितेर सर्लाहीले २० ओभरमा ७ बिकेट गुमाई ८० रन को योगफल खडा गरेको थियो । जसमा आरती सिँह ३६ रन बाहेक कुनै पनि खेलाडीले दोहोर अंक पार गर्न सकेनन् । 
    बलिँग तर्फ बाराका साना प्रविणले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ३ बिकेट तथा प्रिंयका गुप्ता, प्रतिमा साह, बन्दना गुप्ताले १÷१ बिकेट हात पारिन । प्रतिउत्तरमा बाराले ८ ओभर १ बल खेल्दै कुनै क्षति बिनानै सो लक्ष्य हात पा¥यो । 
    टिमलाई जिताउन साना प्रविणले ३१ बलमा ६ चौका प्रहार गर्दै ४२ रन अविजित खेले भने अर्का खेलाडी अलिसा यादबले २४ रन नटआउट पारी खेले पछि बारा १० बिकेटले जित हात पारेको हो ।
    यस्तै मंगलवारै सम्पन्न पहिलो खेलमा टस जितेर सिरहाले निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर १ सय १३ रनको योगफल खडा गरेको थियो । जसमा सिरहाका संतोषी चौधरीले ३५ तथा आरती चौधरीले २९ रन जोडेका थिए । 
    बलिँग तर्फ महोत्तरीकी रोजी खत्री र गोमा आले ३÷३ बिकेट हात पारेका थिए भने हेमा पटेल तथा शोभा आले १÷१ बिकेट लिएका थिए । 
    प्रतिउत्तरमा महोत्तरीले १६ ओभरमा सबै बिकेट गुमाई ५६ रन मै सिमित रह्यो । जसमा टिमका लागि शोभा आले २१ रन बाहेक कुनै खेलाडी दोहोर अंक पार गर्न सकेनन् । 
    यता बलिंग तर्फ सिरहाकी अनुराधा चौधरी र चान्दनी साहले २÷२ बिकेट तथा संतोषी चौधरी, सरस्स्वति चौधरी, आरती चौधरीले १÷१ बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच संतोषी चौधरी घोषित भइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महादेवा गापामा माओवादीको स्थानीय चुनावको चहलपहल शुरु
महादेवा गापामा माओवादीको स्थानीय चुनावको चहलपहल शुरु
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
पहिलो पटक गजेन्द्र नारायण सिंह  अस्पतालमा क्यान्सरको सफल शल्यक्रिया
उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
उपप्रमुखकै नेतृत्वमा प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी
पत्रकार राई र यादव सम्मानित
पत्रकार राई र यादव सम्मानित
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
विवाहको निम्तो कार्डमा बेहुला वेहुलीको जन्म मिती अनिवार्य
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा 
सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा 
विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल
विकाससँग सँगै मधेशको अधिकार र संविधान संशोधनको लडाई समेत जारि छ ः मन्त्री सोनल
हरुवा चरुवालाई आत्मनिर्भर वनाउन वाख्रा  पालन तथा व्यवस्थापन तालिम सुरु 
हरुवा चरुवालाई आत्मनिर्भर वनाउन वाख्रा  पालन तथा व्यवस्थापन तालिम सुरु 
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु
दुई स्वास्थ्यकर्मीसहित १० जना कोरोना संक्रमित, उपचारका लागि ल्याउँदै गर्दा प्रअको मृत्यु

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह