अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ

राजविराज राजविराज
|
शुक्रबार, पौष २३, २०७८
|
|
७३ पटक हेरिएको
Shares
अदालतको परमादेशबाट बनेको सरकारमाथी जनताको विश्वास छैन् ः एमाले सचिव महासेठ

सारांश

  •     पार्टीको ९ औं सप्तरी जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार राजविराजस्थित राजरंगशालामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
  •     प्रमुअ अतिथिको आसन्नबाट बोल्दै उनले वर्तमान सरकार अपवित्र गठबन्धनबाट निर्माण भएको भन्दै यसबाट मुलुकको समस्या समाधान नहुने समेत दाबी गरे ।
  •       उनले भने, “अहिले पनि नेकपा एमाले संसदमा सबैभन्दा ठूलो पार्टी रहेको छ, मुलुकको समस्या समाधानका लागि नेकपा एमाले मात्र सक्षम छ ।

दैनिक समाचारदाता
राजविराज, २३ पुस । 
    नेकपा एमालेका सचिव एवं प्रदेश २ का इन्चार्ज रघुबिर महासेठले अदालतको परमादेश र अपवित्र गठबन्धनबाट बनेको सरकारमाथी जनताको विश्वास नरहेको बताएका छन् । 
    पार्टीको ९ औं सप्तरी जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार राजविराजस्थित राजरंगशालामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
    प्रमुअ अतिथिको आसन्नबाट बोल्दै उनले वर्तमान सरकार अपवित्र गठबन्धनबाट निर्माण भएको भन्दै यसबाट मुलुकको समस्या समाधान नहुने समेत दाबी गरे । 
    उनले भने, “अहिले पनि नेकपा एमाले संसदमा सबैभन्दा ठूलो पार्टी रहेको छ, मुलुकको समस्या समाधानका लागि नेकपा एमाले मात्र सक्षम छ ।”
    साना दलहरुले स्वार्थबस गठबन्धन गरि बनाएको सरकारबाट समस्या समाधान हुन नसक्ने ठोकुवा गर्दै उनले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कम्युनिष्ट आन्दोलन बिरोधीको संज्ञा दिए । 
    जिल्ला अध्यक्ष ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित अधिवशेन उद्घाटन समारोहमा एमाले प्रदेश २ का सहइन्चार्ज एवं स्थायी कमिटि सदस्य प्रभु साह, पार्टीका पोलिटबयूरो एवं राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश २ का सहइन्चार्ज लिलानाथ श्रष्ेठ, प्रदेश सभासदस्य सत्यनारायण मण्डल, केन्द्रिय सदस्य ज्वाला साह, केन्द्रिय सदस्य एवं सप्तरी इन्चार्ज दिवाकर देवकोटा, केन्द्रिय सदस्य एवं सप्तरी सहइन्चार्ज राजकुमार लेखी, केन्द्रिय सदस्य एवं सप्तरी सहइन्चार्ज सरिता गिरीलगायतले पनि सम्बोधन गरेका थिए । 
    उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका ५ सय १७ जना नवप्रवेशीलाई प्रमुख अतिथि महासेठले फुलमाला र अविर लगाई स्वागत गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट 
उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट 
ब्राउन सुगरसहित दुई जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
एकपछि अर्को सदस्य गुमाउँदा  देव परिवारको कन्तविजोग
एकपछि अर्को सदस्य गुमाउँदा  देव परिवारको कन्तविजोग
२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै
२७ वर्षदेखी सुरु भएको खानेपानी आयोजना अझै अधुरै
ट्रकको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु
ट्रकको ठक्करबाट  मोटरसाइकल चालकको मृत्यु
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि प्रक्रिया अघि बढाइने ः श्रम तथा रोजगार मन्त्री यादव
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश 
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश 
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन
पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको निधन