दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
संविधान सभा सदस्य रन्जित कुमार कर्णले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवलाई बर्खास्त गर्न माग गर्दै बिहीबार प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाएपछि नेता कर्णले गौर हत्याकाण्डको जिम्मा लिने गरि मन्त्री यादवले भाषणमा ज्यानै मार्ने धम्की समेत दिएकाले उनको मन्त्री पद खारेज गरि तुरन्तै गिरफ्तार गर्न माग समेत गरे ।
मन्त्री यादवले गत माघ ५ गते गौरमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको ज्यानै मार्ने आशयको अभिव्यक्ति दिएको भन्दै नेवि संघका पूर्व अध्यक्ष समेत रहेका संविधान सभा सदस्य कर्णले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
डा. राउतको पार्टीले किसान आन्दोलनको नाममा गरेको गतिविधीप्रति लक्षित गरेर मन्त्री यादवले ज्यानसम्म मार्ने अभिव्यक्ति दिनु अन्तराष्ट्रिय मानवअधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको ज्ञापनपत्रमा उल्लेख छ ।
“नेपाल सरकार तथा सम्पूर्ण नेपालीको शिर न्युहुराउने लज्जाजनक अभिव्यक्तिप्रति घोर निन्दा एवं भत्र्सना गर्दछौं, प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा भनिएको छ ।
२०६३ चैत ७ गते गौरमा तत्कालिन मधेशी जनअधिकार फोरमले नेकपा माओवादीका २७ जना कार्यकर्ताको विभत्स हत्या गरेकोलाई नियोजित नभई “भवितब्य” भन्दै आएका वर्तमान जसपाका अध्यक्ष उपेन्द्र यादवलाई गलत सावित गर्दै पुनः त्यस्ता घटना घटाउने र त्यसमा राउत मारिन सक्ने भन्ने मन्त्री यादवको अभिव्यक्ति आपराधिक भएको ज्ञापनपत्रमा जिकिर छ ।
यसैबीच कर्णले यस घटनाको बारेमा बिहीबारै जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाक मार्फत जाहेरी समेत पठाएको जानकारी समेत दिए ।
मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
सारांश
- ज्ञापनपत्र बुझाएपछि नेता कर्णले गौर हत्याकाण्डको जिम्मा लिने गरि मन्त्री यादवले भाषणमा ज्यानै मार्ने धम्की समेत दिएकाले उनको मन्त्री पद खारेज गरि तुरन्तै गिरफ्तार गर्न माग समेत गरे ।
- मन्त्री यादवले गत माघ ५ गते गौरमा जनमत पार्टीका अध्यक्ष डा.
- सिके राउतको ज्यानै मार्ने आशयको अभिव्यक्ति दिएको भन्दै नेवि संघका पूर्व अध्यक्ष समेत रहेका संविधान सभा सदस्य कर्णले सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया