उपाध्यक्षद्वारा गरिएको तालाबन्दीले गाउँपालिकाको कामकाज प्रभावित

राजविराज राजविराज
|
सोमबार, माघ २४, २०७८
|
|
२० पटक हेरिएको
Shares
उपाध्यक्षद्वारा गरिएको तालाबन्दीले गाउँपालिकाको कामकाज प्रभावित

सारांश

  •     गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले चौथो पटक विहीबार गाउँपालिकाको योजना शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्दा कामकाज प्रभावित बन्न पुगेको हो ।
  •       उनले आफूलाई सूचना नदिएको तथा कर्मचारीले पनि उपेक्षा गर्ने गरेको भन्दै महत्वपूर्ण निर्णयहरु गर्दा आफूलाई सहभागि नगराइएको र सूचना माग्दा अध्यक्ष र कर्मचारीसमेतले अटेर गर्ने गरेको आरोप लगाएकी छिन् ।
  •     यसअघि पनि उनले सोही कारण देखाउँदै तीन पटक तालाबन्दी गरिसकेकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा उपाध्यक्षले गरेको तालाबन्दीका कारण कार्यालयको कामकाज प्रभावित भएको छ । 
    गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारी यादवले चौथो पटक विहीबार गाउँपालिकाको योजना शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्दा कामकाज प्रभावित बन्न पुगेको हो । 
    उनले आफूलाई सूचना नदिएको तथा कर्मचारीले पनि उपेक्षा गर्ने गरेको भन्दै महत्वपूर्ण निर्णयहरु गर्दा आफूलाई सहभागि नगराइएको र सूचना माग्दा अध्यक्ष र कर्मचारीसमेतले अटेर गर्ने गरेको आरोप लगाएकी छिन् ।
    यसअघि पनि उनले सोही कारण देखाउँदै तीन पटक तालाबन्दी गरिसकेकी छिन् । तर, पुनः सोही कारण देखाएर गरेको तालाबन्दी माग पुरा नभएसम्म नखोलिने अडान लिएकी छिन् । 
    यता गाउँपालिकाका अध्यक्ष सतिह कुमार सिंहले उपाध्यक्षको कुनै अधिकार कटौती नगरिएको र उनले मागेको सूचना समयमै उपलब्ध गराइएको दाबी गरेका छन् । उपाध्यक्ष स्वयंम तथा उनका केही आसेपासेले गाउँपालिकाको बजेटबाट गरेको विकास निर्माणको काममा गुणस्तरियता बारे कडाई गर्दा पूर्वाग्रही ढंगले अघि बढेको आरोप पनि लगाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारहरुको निशुल्क आँखा उपचार
पत्रकारहरुको निशुल्क आँखा उपचार
हनुमाननगरमा १८ जनामा संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ३
हनुमाननगरमा १८ जनामा संक्रमणको पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ३
सात दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
सात दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
महादेवा गाउँपालिकाको बजेट २८ करोड ४७ लाख ८७ हजार
महादेवा गाउँपालिकाको बजेट २८ करोड ४७ लाख ८७ हजार
एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु 
एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु 
छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षिय विद्यानन्द 
छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षिय विद्यानन्द 
कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न  माओवादी केन्द्रको माग
कोशी पीडितलाई मुआब्जा दिने सम्झौता कार्यान्वय गर्न  माओवादी केन्द्रको माग
शुल्क तिर्न नसक्दा विधार्थीलाई परिक्षा दिनबाट बञ्चित 
शुल्क तिर्न नसक्दा विधार्थीलाई परिक्षा दिनबाट बञ्चित