दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले फागुन १ देखी जिल्लाका सबै विद्यालयलाई १२ वर्ष पूरा नभएका विद्यार्थीका लागि आलोपालो कक्षा संचालन गर्न आदेश जारि गरेको छ ।
कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार उक्त आदेश जारि गरेको हो ।
कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमणको जोखिम कायमै रहेकाले संक्रमण ऐन २०२० को दफा २, स्थानिय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरि जिल्लामा फागुन १ देखी लागु हुने गरि १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा आलोपालो दिनमा कक्षा संचालन गर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा जारि आदेशमा उल्लेख छ ।
जारि आदेशमा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा भने नियमित कक्षा संचालन गर्न पाउने उल्लेख गरिएको छ । विश्व विद्यालय, विद्यालय, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारको शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षा मापदण्डको पूर्ण पालना गरि संचालन गर्न पाउने जारि आदेशमा भनिएको छ ।
यस्तै पार्टी प्यालेश र खेलकुद कार्यक्रमहरुमा जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै एक पटकमा कुल क्षमताको बढीमा ५० प्रतिशत भन्दा बढी नहुने गरि संचालन गर्न, डान्स बार, दोहरी, नाच घर, पव, क्लबलगायतका रात्रीकालिन व्यवसाय सिनेमाघर, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुटसल जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरि मात्र फागुन १ गतेबाट राती १० बजेमा नबढ्ने गरि संचालन गर्ने जिल्ला प्रशासन कार्यालयद्वारा जारि आदेशमा उल्लेख गरिएको छ ।
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
सारांश
- कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार उक्त आदेश जारि गरेको हो ।
- कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमणको जोखिम कायमै रहेकाले संक्रमण ऐन २०२० को दफा २, स्थानिय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरि जिल्लामा फागुन १ देखी लागु हुने गरि १२ वर्ष पूरा नभएका विद्यार्थीको हकमा आलोपालो दिनमा कक्षा संचालन गर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा जारि आदेशमा उल्लेख छ ।
- जारि आदेशमा १२ वर्ष पूरा भएका विद्यार्थीको हकमा भने नियमित कक्षा संचालन गर्न पाउने उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
प्रतिक्रिया
० प्रतिक्रिया