बोक्सी भन्दै कुटपिट गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ३, २०७८
|
|
६७ पटक हेरिएको
Shares
बोक्सी भन्दै कुटपिट गरेर फरार अभियुक्त ११ वर्षपछि पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका २ का रामविलास यादव रहेका छन् ।
  • ११ वर्षअघि उनले आफ्नो छिमेकी सरस्वती देवी खंगलाई बोक्सी भन्दै कुटपिट गरेका थिए ।
  • घट्ना लगत्तै फरार भएका उनी घरमै लुकी वसेको गोप्य सुचना आएपछि खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, ३ फागुन । 
    एक महिलालाई बोक्सीको आरोपमा कुटपीट गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका २ का रामविलास यादव रहेका छन् । ११ वर्षअघि उनले आफ्नो छिमेकी सरस्वती देवी खंगलाई बोक्सी भन्दै कुटपिट गरेका थिए । घट्ना लगत्तै फरार भएका उनी घरमै लुकी वसेको गोप्य सुचना आएपछि खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 
    प्रहरीले सोमवार राती यादवलाई घरबाटै पक्राउ गरि मंगलवार सप्तरी जिल्ला अदालतमा उपस्थित गराए पश्चात् कैद भुक्तानका लागी राजविराज कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार बोक्सी भन्दै कुटपीट गरेको आरोपमा चलाइएको मुद्दा उपर सुनवाई गर्दै २०६७ माघ १८ गते सप्तरी जिल्ला अदालत र २०७१ साल मंसिर २९ गते तत्कालिन पुनरावेदन अदालत राजविराजले यादवलाई तिन महिना कैद र १० हजार रुपैया जरिवानाको फैसला गरेको थियो । 
    बोक्सा वा बोक्सीको आरोप लगाउने, कुटपीट गर्ने वा कुनै अमानविय व्यवहार गर्नेलाई तीन महिना देखि २ वर्ष सम्म कैद वा ५ हजार देखी २५ हजार सम्म जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री साहद्वारा विद्यालय भवन उद्घाटन
मन्त्री साहद्वारा विद्यालय भवन उद्घाटन
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
थप तल्लाको नक्सा पास गराउन जाँदा इन्जिनियरले भँुई तल्लाको नक्सा पनि काटकुट गरिदिए
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग
विद्यालय बन्द रहेको दिनको पनि खाजा भत्ता निकासा, छात्राको स्यानिटरी प्याड महिला कर्मचारीलाई
विद्यालय बन्द रहेको दिनको पनि खाजा भत्ता निकासा, छात्राको स्यानिटरी प्याड महिला कर्मचारीलाई
सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापनका लागि अस्थायी अस्पताल संचालन हुँदै 
एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने
एक सय जनालाई “हिरोज अफ  मधेश” अवार्ड प्रदान गरिने
खडकमा बालबिवाह बिरुद्धको बृहत अभियान शुभारम्भ
खडकमा बालबिवाह बिरुद्धको बृहत अभियान शुभारम्भ
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
तीन पार्टीका तीन सप्तरी जिल्ला अध्यक्ष पराजित
तीन पार्टीका तीन सप्तरी जिल्ला अध्यक्ष पराजित