दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
नेपाल क्रिकेट फाउन्डेसन र सप्तरी क्रिकेट संघको आयोजनामा मधेश प्रदेशस्तरिय महिला क्रिकेट खेलाडीहरूलाई बेलायती कोचबाट प्रशिक्षण सुरू गरिएको छ ।
महिला क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले राजबिराजमा फागुन ८ गते देखि मधेश प्रदेश का ५ जिल्ला सम्मिलत ३५ जना महिला खेलाडीलाई प्रशिक्षण सुरू गरिएको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिएका छन् ।
राजबिराजस्थित स्थानिय पबि माबि खेल मैदानमा बेलायतस्थित ईंग्लयान्ड क्रिकेट बोर्डको लेवल थ्रि कोच लिबुथ र सारा बेग साथै बेलायतको लर्डस्थित मारलिब्रोनका निर्देशक एगंगुस बेरीले प्रशिक्षण दिदैछन ।
समुदायमा महिलाहरूलाई क्रिकेट प्रति उत्प्रेरणा जगाउन तथा खेलमा सहभागिता जनाउनुका लागि र जिल्लामा महिला क्रिकेट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रशिक्षित गर्न लागेको क्रिकेट संघका सचिव चन्दनकुमार यादबले बताए ।
नेपाल क्रिकेट फाउन्डेशनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठ र बोर्डका सदस्य बिना झाको उपस्थितिमा प्रशिक्षण गर्न दिइदै छ ।
यसैगरी मधेश प्रदेश स्तरिय दुई दिने प्रशिक्षकहरूलाई प्रशिक्षण गर्ने तालिम समेत रहेको फाउन्डेशनका निर्देशक अभिषेकले बताए ।
महिला क्रिकेट खेलाडीलाई बेलायती कोचद्वारा प्रशिक्षण
सारांश
- महिला क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले राजबिराजमा फागुन ८ गते देखि मधेश प्रदेश का ५ जिल्ला सम्मिलत ३५ जना महिला खेलाडीलाई प्रशिक्षण सुरू गरिएको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिएका छन् ।
- राजबिराजस्थित स्थानिय पबि माबि खेल मैदानमा बेलायतस्थित ईंग्लयान्ड क्रिकेट बोर्डको लेवल थ्रि कोच लिबुथ र सारा बेग साथै बेलायतको लर्डस्थित मारलिब्रोनका निर्देशक एगंगुस बेरीले प्रशिक्षण दिदैछन ।
- समुदायमा महिलाहरूलाई क्रिकेट प्रति उत्प्रेरणा जगाउन तथा खेलमा सहभागिता जनाउनुका लागि र जिल्लामा महिला क्रिकेट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रशिक्षित गर्न लागेको क्रिकेट संघका सचिव चन्दनकुमार यादबले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया