दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
सप्तरीको सप्तकोशी नगरपालिका क्षेत्रबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका १३ का २६ वर्षिय सुमित चौधरी र चौदण्डि नगरपालिका ८ का ३४ वर्षिय विद्यानन्द चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधप्रसाद काफ्लेका अनुसार सप्तकोशी नगरपालिका अन्तरगत कंचनपुर–फत्तेपुर सडकखण्डबाट प्रदेश १–०५–००१ प.४५९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगर जस्तो देखिने बस्तु फेला परेको हो ।
पक्राउ परेकाहरुलाई सप्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थपि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ब्राउन सुगरसहित दुई पक्राउ
सारांश
- पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका १३ का २६ वर्षिय सुमित चौधरी र चौदण्डि नगरपालिका ८ का ३४ वर्षिय विद्यानन्द चौधरी रहेका छन् ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधप्रसाद काफ्लेका अनुसार सप्तकोशी नगरपालिका अन्तरगत कंचनपुर–फत्तेपुर सडकखण्डबाट प्रदेश १–०५–००१ प.
- ४५९३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगर जस्तो देखिने बस्तु फेला परेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया