मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २२, २०७८
|
|
७५ पटक हेरिएको
Shares
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा

सारांश

  •     राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले मधेश आन्दोलनका क्रममा २०७३ साल फागुन २३ गते तत्कालिन मलेठ गाविस (हाल राजविराज नगरपालिका ९) मलेठमा ज्यान गुमाएका पाँच जना सहिदको सम्झनामा एवं सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।
  •       सहिदको सम्झनामा नगरपालिका मातहतका सम्पूर्ण  कार्यालय र शिक्षण संघ संस्था बन्द गर्न उनले आग्रह समेत गरे ।
  •       बि.

दैनिक समाचारदाता
राजविराज, २२ फागुन । 
    मलेठ घटनामा सहिद भएकाहरुको सम्झानामा राजविराज नगरपालिकाले सोमवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 
    राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले मधेश आन्दोलनका क्रममा २०७३ साल फागुन २३ गते तत्कालिन मलेठ गाविस (हाल राजविराज नगरपालिका ९) मलेठमा ज्यान गुमाएका पाँच जना सहिदको सम्झनामा एवं सम्मानमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका छन् । 
    सहिदको सम्झनामा नगरपालिका मातहतका सम्पूर्ण  कार्यालय र शिक्षण संघ संस्था बन्द गर्न उनले आग्रह समेत गरे । 
    बि.स. २०७३ साल फागुन २३ गते नेकपा एमालेले आयोजना गरेको मेचीमहाकाली राष्ट्रिय अभियानका क्रममा सप्तरीको मलेठमा तत्कालिन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध गरेपछि भएको झडपका क्रममा प्रहरीले गोली चलाउ्रँदा मलेठका सन्जन मेहता, पिताम्बर मण्डल, बिरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । 
    सो घटनाका क्रममा मृत्यु भएका पाँचैजनालाई तत्कालिन सरकारले सहिद घोषणा गरेको थियो । सो घटना पश्चात् एमाले मेचीमहाकाली राष्ट्रिय अभियान तत्कालका लागि स्थगित गरेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ