राजविराज÷सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढामा सशस्त्र प्रहरी र गाँजा तस्करबीच दोहरो गोली हानाहान भएको छ ।
विशेष सूचनाका आधारमा शुक्रबार राती सशस्त्र प्रहरीको टोली सो स्थानमा पुग्दा तस्करतर्फबाट गोली प्रहार भएपछि जवाफी कारवाहीमा सशस्त्रले गोली चलाएको जनाएको छ । सो घटना पश्चात् एक भारतीय र दुई नेपाली तस्करलाई ४१ किलो अवैध लागू औषध गाँजासहित पक्राउ गरेको सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरीका उपरिक्षक खेम बहादुर थापाले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा भारत विहार राज्य सिपौल जिल्लाका ६५ बर्षिय उदय मुखिया र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का हिरा मुखिया तथा ४५ बर्षिय लालबाबु राय रहेको सशस्त्र प्रहरी उपरिक्षक थापाले बताए छन । उनीहरु लामो समयदेखि गाँजा तस्करीमा संलग्न रहेको शसस्त्र प्रहरीको भनाई छ ।
भारतीय सीमासँग जोडिएको गोबरगाढामा भारतीय तस्करसँग मिलेर स्थानिय तस्करहरु गाँजा लिएर भारत तर्फ लैजादै गरेको सूचना प्रहरीलाई प्राप्त भएपछि त्यहाँस्थित शसस्त्र प्रहरीबल गण नं. ६ बाट राती ८ बजे तिर हतियार सहितको टोली परिचालन गरिएको थियो ।
टोली पुग्दा प्रहरीलाई लक्षित गरी तस्कर समुहको तर्फबाट २ राउण्ड गोली प्रहार भएपछि प्रहरीको तर्फबाट पनि जवाफी कार्यवाहरु भएको शसस्त्र प्रहरी बल गण नं. ६ का प्रहरी उपरिक्षक थापाले बताए ।
यद्यपि घटनामा कसैलाई गोली नलागेको उनको भनाई छ । तीन जना घटना स्थलबाटै पक्राउ परेपनि उक्त समुहका बाँकी दुई जना अँध्यारोको फाइदा उठाई सिमापारी भारत तर्फ भाग्न सफल भएको प्रहरी उपरिक्षक थापाको भनाई छ ।
गोली हानाहान भएको स्थलबाट तस्करीका लागी सेतो बोरामा ठिक्क पारी राखिएको १४÷१४ केजीको प्याकेट गरी ४१ केजी गाँजा बरामद गरिएको र पक्राउ परेका तस्करहरुलाई उक्त परिमाणको गाँजा सहित शनिबार विहान जिल्ला प्रहरीको कार्यालयको जिम्मा लगाइएको प्रहरी उपरिक्षक थापाले जानकारी दिए ।
यता पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख राजेन्द्र विष्टले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर गाँजा खेती नष्ट र सिमा क्षेत्रमा निगरानी बढाउने कामलाई तिब्रता दिएको छ ।
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
सारांश
- भारतीय सीमासँग जोडिएको गोबरगाढामा भारतीय तस्करसँग मिलेर स्थानिय तस्करहरु गाँजा लिएर भारत तर्फ लैजादै गरेको सूचना प्रहरीलाई प्राप्त भएपछि त्यहाँस्थित शसस्त्र प्रहरीबल गण नं.
- ६ बाट राती ८ बजे तिर हतियार सहितको टोली परिचालन गरिएको थियो ।
- टोली पुग्दा प्रहरीलाई लक्षित गरी तस्कर समुहको तर्फबाट २ राउण्ड गोली प्रहार भएपछि प्रहरीको तर्फबाट पनि जवाफी कार्यवाहरु भएको शसस्त्र प्रहरी बल गण नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तीन वर्षिया बालिकाको शव फेला, हत्याको आशंकामा सौतेनी आमा पक्राउ
पूर्व पार्टीका ६ घटकले नेपाली कम्प्युनिष्ट पार्टीको जिल्ला समायोजन कार्यक्रम बहिष्कार गर्ने
करदाता सेवा शाखामा कम्प्युटर नहुँदा सम्पूर्ण कामकाज ठप्प
ट्रकको ठक्करबाट एकको मृत्यु
भारत गएका दुई युवकको अवस्था अझै अज्ञात
जापनिज इन्सेप्mलाइटिस रोगबाट संक्रमित दुई जनाको मृत्यु
पर्व त्यौहारको आगमनसँगै झाँपको कारोबार बढ्यो
प्रतिक्रिया
० प्रतिक्रिया