सप्तरीमा थपिए ५८ वटा नयाँ मतदान केन्द्र, कुल मतदाता ४ लाख १२ हजार ४ सय ४५ 

राजविराज राजविराज
|
बिहिबार, चैत्र १७, २०७८
|
|
५२ पटक हेरिएको
Shares
सप्तरीमा थपिए ५८ वटा नयाँ मतदान केन्द्र, कुल मतदाता ४ लाख १२ हजार ४ सय ४५ 

सारांश

  •     गत निर्वाचनको तुलनामा मतदाता बृद्धि भएकाले मतदानस्थल र मतदान केन्द्रमा बृद्धि गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिएका छन् ।
  • ९ नगरपालिका र ९ गाउँपालिका गरि १८ वटा स्थानिय तह रहेको सप्तरीमा मतदाताको सहजताका लागि गत स्थानिय तहको निर्वाचन भन्दा ५८ वटा नयाँ मतदान केन्द्र थपिएको हो ।
  •       यस्तै अघिल्लो निर्वाचन भन्दा जिल्लामा यस पटक ६६ हजार ३१ मतदाता थपिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १७ चैत । 
    आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागि सप्तरी जिल्लामा ५ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ । गत निर्वाचनमा २ सय ८५ मतदानस्थल रहेकोमा यस पटक २ सय ९७ पु¥याइएको हो । 
    गत निर्वाचनको तुलनामा मतदाता बृद्धि भएकाले मतदानस्थल र मतदान केन्द्रमा बृद्धि गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिएका छन् । ९ नगरपालिका र ९ गाउँपालिका गरि १८ वटा स्थानिय तह रहेको सप्तरीमा मतदाताको सहजताका लागि गत स्थानिय तहको निर्वाचन भन्दा ५८ वटा नयाँ मतदान केन्द्र थपिएको हो । 
    यस्तै अघिल्लो निर्वाचन भन्दा जिल्लामा यस पटक ६६ हजार ३१ मतदाता थपिएका छन् । नयाँ थपिएका मतदातासहित जिल्लामा २ लाख १३ हजार ८ सय ९२ पुरुष, १ लाख ९८ हजार ५ सय ३२ महिला र अन्य २१ गरि मतदाताको कुल संख्या ४ लाख १२ हजार ४ सय ४५ पुगेको छ । प्रत्येक मतदान केन्द्रमा ५ जना कर्मचारी र ३ जना स्वयमसेवक परिचालन गरिने छ ।
    एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक जना कार्यालय सहयोगिसहित करिब दुई हजार ७ सय कर्मचारी खटिने कार्यालय प्रमुख जोशीले जानकारी दिएका छन् । 
    यता प्रहरी उपरिक्षक अभिनारायण काफ्लेले जिल्लामा निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति पनि तयार पारिसकिएको जानकारी दिएका छन् । उनले निर्वाचन सुरक्षाका लागि २ हजार ४९ नेपाल प्रहरी तथा २ हजार ९ सय ४८ म्यादी प्रहरी परिचालन हुने जानकारी दिए । यस बाहेक सशस्त्र प्रहरी र नेपाली सेना पनि सुरक्षाप्रबन्धमा सघाउने उनको भनाई छ ।  
    जिल्लाका ५ सय ३६ वटा मतदान केन्द्रलाई सामान्य, संवेदनशिल र अतिसंवेदनशिल गरि तीन तहमा विभाजन गरिएको भन्दै उनले आवश्यकता अनुसारको फरक फरक सुरक्षा व्यवस्था मिलाइने जनाए । 
    सप्तरीमा सबै भन्दा बढी राजविराज नगरपालिकामा ३९ हजार ६ सय ९२ मतदाता छन् । सबैभन्दा कम बलानबिहुल गाउँपालिकामा सप्स्१४ हजार ४ सय १८ मतदाता छन् ।     
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मविव क्याम्पस राजविराजको प्रमुखमा डा. कर्ण नियुक्त
मविव क्याम्पस राजविराजको प्रमुखमा डा. कर्ण नियुक्त
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन जनप्रतिनीधिको सामाजिक दायित्व हो ः प्रमुख साह
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
दुर्घटना न्युनिकरण गर्न “सडक सुरक्षा सप्ताह” सुरु
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
यति तपाईं बियर पिउँदै हुनुहुन्छ भने सचेत रहनुहोस् !
जन्मदिन मनाउने खर्च  जोगाएर असायलाई सहयोग
जन्मदिन मनाउने खर्च  जोगाएर असायलाई सहयोग
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार 
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार 
प्रदेश स्तरिय हिरोकपको उपाधि पर्सालाई
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु