दैनिक समाचारदाता
राजविराज, २० माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२ स्थित गोबरगाढामा तस्करी नियन्त्रणका लागि पुगेको प्रहरी टोलीमाथि गोली हानाहान गर्ने तस्कर समूहका तीन जनालाई आईतवार सप्तरी प्रहरीले सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएकाहरु भारतको बिहार राज्य सिपौल जिल्लाका ६५ वर्षिया उदय मुखिया र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षिय हिरा मुखिया र ४५ वर्षिय लाल बहादुर राय छन् ।
यद्यपी पक्राउ परेकाहरु आफुहरु गाँजा सीमापारी पु¥याउने भरिया मात्र रहेको र गोली चलाउने भारतीय नागरिकहरु फरार भएको बयान दिएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् । यता पक्राउ परेकाहरुले एक बोरा गाँजा सीमावर्ती भारतीय बजारमा पु¥याउँदा आफुहरुले जनही २÷२ हजार रुपैयाँका दरले भारतीय तस्करहरुबाट पारश्रमिक पाउने गरेको संचारकर्मीलाई बताएका छन् ।
भारतीय सीमासँग जोडिएको गोबरगाढामा शुक्रवार राती ८ बजेतिर तस्करहरु गाँजा लिएर भारततर्फ लैजादै गरेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीमाथि तस्करहरुले गोली प्रहार गरेको थियो । सो क्रममा प्रहरीबाट पनि जवाफी कारवाही भएको थियो ।
उक्त घटनामा कुनै मानवीय क्षति भएको थिएन । दुई जना तस्करहरु अंध्यारोको फाइदा उठाई भारततर्फ भाग्न सफल भएपनि तीन जनालाई घेरा हाली प्रहरीले घटनास्थलबाट ४१ केजी गाँजा सहि पक्राउ गरेको थियो ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले फरार तस्करहरुको खोजी कार्य भइरहेको र पक्राउ परेकाहरु उपर लागुऔषध मुद्दामा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।
गाँजा तस्करीमा संलग्न एक भारतीयसहित तीन सार्वजनिक
सारांश
- सार्वजनिक गरिएकाहरु भारतको बिहार राज्य सिपौल जिल्लाका ६५ वर्षिया उदय मुखिया र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षिय हिरा मुखिया र ४५ वर्षिय लाल बहादुर राय छन् ।
- यद्यपी पक्राउ परेकाहरु आफुहरु गाँजा सीमापारी पु¥याउने भरिया मात्र रहेको र गोली चलाउने भारतीय नागरिकहरु फरार भएको बयान दिएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।
- यता पक्राउ परेकाहरुले एक बोरा गाँजा सीमावर्ती भारतीय बजारमा पु¥याउँदा आफुहरुले जनही २÷२ हजार रुपैयाँका दरले भारतीय तस्करहरुबाट पारश्रमिक पाउने गरेको संचारकर्मीलाई बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया