राजविराज नगरपालिका टिमका खेलाडीहरु सम्मानित 

राजविराज राजविराज
|
शनिबार, बैशाख १०, २०७९
|
|
२२९ पटक हेरिएको
Shares
राजविराज नगरपालिका टिमका खेलाडीहरु सम्मानित 

सारांश

  •     क्रिकेट विकास प्रतिष्ठान राजविराज–६ ले एक समारोहकाबीच बिजेता खेलाडीहरुलाई सम्मान गर्दै शुभकामना दिएको हो ।
  •       शुभकामना मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका अध्यक्ष ई.
  • इन्द्रनारायण देवले खेलकुदमा पाएको सफलताले मुलुककै प्रतिष्ठा बढाउने भन्दै राजविराज टिमले पाएको सफलताप्रति खेलाडी तथा प्रशिक्षक र सहयोगि सबैलाई बधाई ज्ञापन गरे ।

दैनिक समाचारदाता
राजविराज, १० बैशाख । 
    गत चैतमा बिराटनगरमा आयोजित मेयर कप क्रिकेट प्रतियोगिताको बिजेता राजविराज नगरपालिका टिमका खेलाडीहरुलाई शनिबार सम्मान गरिएको छ । 
    क्रिकेट विकास प्रतिष्ठान राजविराज–६ ले एक समारोहकाबीच बिजेता खेलाडीहरुलाई सम्मान गर्दै शुभकामना दिएको हो । 
    शुभकामना मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका अध्यक्ष ई. इन्द्रनारायण देवले खेलकुदमा पाएको सफलताले मुलुककै प्रतिष्ठा बढाउने भन्दै राजविराज टिमले पाएको सफलताप्रति खेलाडी तथा प्रशिक्षक र सहयोगि सबैलाई बधाई ज्ञापन गरे । 
    सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले राजविराज क्रिकेट टिमले मधेश प्रदेश र प्रदेश १ का गरि सबै टिमलाई पराजित गरि प्रथम हुनु ठूलो उपलब्धी हो भन्दै सप्तरीमा क्रिकेटका विकासका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा व्यक्त गरे । 
    टिम कोच तथा क्रिकेटका अन्तराष्ट्रिय खेलाडी राजकुमार दासले बिजेता खेलाडीहरुलाई शुभकामना दिँदै सप्तरीमा रहेका उदीयमान खेलाडीहरुको लागि विशेष व्यवस्थाका साथ खेल अभ्यासको वातावरण बनाउनु पर्ने बताए । 
    राजविराज नगरपालिका टिमका क्याप्टेन महबुब आलमले प्रतिष्ठानद्वारा आयोजित स्वागत कार्यक्रमबाट खेलाडीहरुमा उर्जा र खेलप्रति समर्पण बढाउने भन्दै अन्य क्षेत्रबाट पनि क्रिकेटको विकासका लागि ध्यान पु¥याउन जरुरी रहेको बताए । 
    प्रतिष्ठानका सचिव सन्तोष कुमार यादवले संचालन गरेको कार्यक्रममा राजविराज टिमका खेलाडीको तर्फबाट अमितकुमार यादव, स्वेडेककी अध्यक्ष मिरा देव, पत्रकार ब्यासशंकर उपाध्याय समेतले मन्तव्य व्यक्त गरेका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला
डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
अनेरास्ववियुद्रारा बैलगाडासहित बिरोध प्रदर्शन
अनेरास्ववियुद्रारा बैलगाडासहित बिरोध प्रदर्शन
बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए
बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
जनमत पार्टीको प्रदर्शन
जनमत पार्टीको प्रदर्शन
छोराछोरीलाई डाक्टर, ईन्जिनियर मात्र बनाउन खोज्ने  प्रबृतीले समाजको बिकास हुन सक्दैन ः डा. राउत 
छोराछोरीलाई डाक्टर, ईन्जिनियर मात्र बनाउन खोज्ने  प्रबृतीले समाजको बिकास हुन सक्दैन ः डा. राउत 
मोटरसाइकल ठोक्किदा एकको ज्यान गयो
मोटरसाइकल ठोक्किदा एकको ज्यान गयो