बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै

राजविराज राजविराज
|
सोमबार, माघ २१, २०७५
|
|
४० पटक हेरिएको
Shares
बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै

सारांश

  •     राजविराजमा आयोजित उपभोक्ता भेला प्रचार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सहभागी उपभोक्ताहरूले सो गुनोस गरेका हुन् ।
  •     बजारको नियमित अनुगमन हुन नसक्दा कम तौल भएका अखाद्य सामग्री, म्याद गुज्रेका सामानहरू खुल्ला रूपमा बिक्री बितरण भएपनि सम्बन्धी निकाय मौन रहेको स्थानिय उपभोक्ता मंचका गणेशलाल देबले बताए ।
  •     उनले ट्रेडमार्क प्रयोग गरेर आम उपभोक्तालाई कमसल सामग्री प्याकिंग गरेर बिक्री बितरण गर्ने गरेको, लेवर नभएको, पसलमा मूल्य सुचि नभएको, म्याद गुज्रेको अखाद्य बस्तु बजारमा बेच्ने गरेका कारण आमउपभोक्ता ठगीने गरेपनि अनुगमन टोली मौन रहेको गुनासो गरे ।

दैनिक समाचारदाता
राजविराज, २१ माघ  । 
    बजार अनुगमन प्रभाबकारी नभएको भन्दै आम उपभोक्ता ठगीने गरेको सोमबार आयोजित एक कार्यक्रमका सहभागीहरूले गुनासो गरेका छन् ।
    राजविराजमा आयोजित उपभोक्ता भेला प्रचार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सहभागी उपभोक्ताहरूले सो गुनोस गरेका हुन् ।
    बजारको नियमित अनुगमन हुन नसक्दा कम तौल भएका अखाद्य सामग्री, म्याद गुज्रेका सामानहरू खुल्ला रूपमा बिक्री बितरण भएपनि सम्बन्धी निकाय मौन रहेको स्थानिय उपभोक्ता मंचका गणेशलाल देबले बताए ।
    उनले ट्रेडमार्क प्रयोग गरेर आम उपभोक्तालाई कमसल सामग्री प्याकिंग गरेर बिक्री बितरण गर्ने गरेको, लेवर नभएको, पसलमा मूल्य सुचि नभएको, म्याद गुज्रेको अखाद्य बस्तु बजारमा बेच्ने गरेका कारण आमउपभोक्ता ठगीने गरेपनि अनुगमन टोली मौन रहेको गुनासो गरे । 
    सो अवसरमा उद्योग बाणिज्य सँघका उपाध्यक्ष शंकर दासले बजारमा बिक्री बितरण भईरहेको तरकारीहरूमा हरियो रंग मिसाउने गरेको पाईएकोले यस तर्फ समेत अनुगमन टोलीको ध्यान जानू आबश्यक रहेको बताए ।
    उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका अध्यक्ष सुरेन्द्र पौडेलले स्थानिय निकायसँग समन्वय गरेर बजार अनुगमनलाई निरन्तरता दिईने बताए ।
    अखाद्य बस्तु तथा म्याद गुज्रेका सामग्री बिक्रि बितरण गरी आम उपभोक्तालाई ठगी गर्ने त्यस्ता ब्यापारीहरूलाई उपभोक्ता संरक्षण ऐेन बमोजिम कार्यवाही गर्ने चेताबनी दिएका छन ।
    यसैगरी सो कार्यक्रममा राजविराजका प्रमुख शम्भुप्रसाद यादबले बिगतका बर्षहरूमा दशै, तिहार, छठ चाडपर्वका बेला मात्र बजार अनुगमन गर्ने गरिएपनि अब स्थानिय निकायलाई अनुगमनको जिम्मेवारी आएपछि सबै सँग मिलेर अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
    खाद्य तथा गुण नियन्त्रण कार्यालय राजबिराजको आयोजनामा तथा उधोग बाणिज्य सँघ सप्तरीको सहकार्यमा आयोजित भेलामा खाद्य तथा गुण नियन्त्रण कार्यलयका प्रमुख सुरेश कुमार सिँह, सप्तरी प्रहरी प्रमुख राजेन्द्र बिष्ट, सशस्त्र प्रहरी बलका उपरिक्षक खेमबहादुर थापा, बरिष्ठ पत्रकार शिबहरी भटराई, नेपाल पत्रकार महासंघ सप्तरी सहसचिव चन्दनकुमार यादब, पत्रकार दिनेश शर्मा, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष राजकुमार गुप्ता लगायतले उद्योगी, ब्यापारी तथा आमउपभोक्ता एकजुट भएर बजार अनुगमनलाई प्रभाकारी बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको  विषादी छर्किनमा समस्या ः राविनपा
मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको  विषादी छर्किनमा समस्या ः राविनपा
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन  महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
उच्च अदालत जनकपुर राजविराजद्वारा तीन महिनाको अवधीमा ५ सय ८६ मुद्दा फर्छयौट
लागु औषध र झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्क डरलाग्दो ः एसपी बज्राचार्य
लागु औषध र झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्क डरलाग्दो ः एसपी बज्राचार्य
महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न
महाधिवेशनलाई लक्षित गर्दै राजपा सप्तरीको बिस्तारित बैठक सम्पन्न
दुई महिलाद्वारा आत्महत्या
दुई महिलाद्वारा आत्महत्या
कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए
कारागारको जग्गा अतिक्रमण हुँदा सुरक्षा चुनौती थपिए
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
होली पर्वको पूर्वसन्ध्यामा लोसपा नेपाल सप्तरी डाक्नेश्वरी नगरपालिका नगर कमिटिले जिल्लाको डाक्नेश्वरी नगरपालिकामा बिहीबार शुभकामना आदान प्रदान गर्दै ।
होली पर्वको पूर्वसन्ध्यामा लोसपा नेपाल सप्तरी डाक्नेश्वरी नगरपालिका नगर कमिटिले जिल्लाको डाक्नेश्वरी नगरपालिकामा बिहीबार शुभकामना आदान प्रदान गर्दै ।
सशस्त्र प्रहरीद्वारा २ सय ४० किलो गाजा बरामद
सशस्त्र प्रहरीद्वारा २ सय ४० किलो गाजा बरामद
संघीय सरकारमा सप्तरीबाट दुई मन्त्री 
संघीय सरकारमा सप्तरीबाट दुई मन्त्री 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु