सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित

राजविराज राजविराज
|
बुधबार, जेठ ४, २०७९
|
|
३० पटक हेरिएको
Shares
सप्तरीमा नतिजा आएको पाँच मध्ये काँग्रेस र एमाले  दुई÷दुई तथा जनमत एक पालिकामा निर्वाचित,  पाँच वटै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित

सारांश

  •     घोषित मतपरिणाम अनुसार नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार दुई÷दुई पालिकामा तथा जनमत पार्टीले एक पालिकामा निर्वाचित भएका छन् ।
  •       जिल्लाको सप्तकोशी नगरपालिका र तिरहुत गाउँपालिका काँग्रेसको पक्षमा गएको छ भने अग्नीसाईर कृष्णासवरण गाउँपालिका र राजगढ गाउँपालिकाको अध्यक्ष पद एमालेका उम्मेदवारले जितेका छन् ।
  •       त्यस्तै पहिलो पटक निर्वाचनमा होमिएको जनमत पार्टीले हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पद बाजी मारेको छ ।

दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
    स्थानीय तह निर्वाचनको जारी मतगणना अन्तर्गत बुधवार साँझ सम्म सप्तरीको १८ मध्ये ५ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । 
    घोषित मतपरिणाम अनुसार नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार दुई÷दुई पालिकामा तथा जनमत पार्टीले एक पालिकामा निर्वाचित भएका छन् । 
    जिल्लाको सप्तकोशी नगरपालिका र तिरहुत गाउँपालिका काँग्रेसको पक्षमा गएको छ भने अग्नीसाईर कृष्णासवरण गाउँपालिका र राजगढ गाउँपालिकाको अध्यक्ष पद एमालेका उम्मेदवारले जितेका छन् । 
    त्यस्तै पहिलो पटक निर्वाचनमा होमिएको जनमत पार्टीले हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पद बाजी मारेको छ ।  
    मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजका अनुसार सप्तकोशी नगरपालिकाको प्रमुखमा काँग्रेसका कृष्ण ढकाल र उपप्रमुख रिता चौधरी निर्वाचित भएका छन् । 
    तिरहुत गाँउपालिकाको अध्यक्षमा काँग्रेसकै विजय कुमार यादव र विणा देवी यादव उपाध्यक्षमा निर्वाचित भएका छन् । अग्नीसाइर कृष्णासवरण गाउँपालिकाको अध्यक्षमा एमालेका दिनानाथ चौधरी तथा उपाध्यक्षमा काँग्रेसकी कल्पना चौधरी निर्वाचित भएकी छन । राजगढ गाउँपालिकाको अध्यक्षमा एमालेका ओम प्रकाश मण्डल तथा उपाध्यक्षमा जसपाकी रेणु मण्डल विजयी भएका छन् । 
    हनुमाननगर कंकालिनी नगरपालिकाको नगर प्रमुखमा जनमत पार्टीका विरेन्द्र माझी तथा उपप्रमुखमा जसपाकी सरिता यादवले चुनाव जितेकी छन् । सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारले निवर्तमान प्रमुखलाई पराजित गर्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पदमा निर्वाचत भएका हुन् ।        
    सो पार्टीका उम्मेदवार बिरेन्द्र माझीले ६ हजार ४ सय ७ मत प्राप्त गर्दै प्रमुख पदमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का प्रमुख पदका उम्मेदवार शैलेशकुमार साहले ६ हजार २४६ मत प्राप्त गरेका छन् । साह निवर्तमान प्रमुख तथा सप्तरी निर्वाचन क्षेत्र नं १ (ख) को प्रदेश सभा सदस्य एवम् मधेश प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साहको छोरा हुन् ।
    २०७४ को निर्वाचनमा जितेर यस पल्ट पुनः दोहोरीने प्रयास गरेका अहिले सम्म घोषित परिणाम अनुसार ती सबै पराजित भएका छन् । पराजित हुनेहरुमा हनुमाननगर कंकालिनी नगरपालिकाका निर्वतमान प्रमुख शैलेश साह, सप्तकोशी नगरपालिकाका निर्वतमान प्रमुख उत्तम गौतम, अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका निवर्तमान अध्यक्ष परशुराम चौधरी, तिरहुत गाउँपालिकाका निर्वतमान अध्यक्ष मनोज बहरखेर, बलानबिहुलका निर्वतमान अध्यक्ष दयानन्द गोइत र राजगढ गाउँपालिकाका निर्वतमान अध्यक्ष परामानन्द यादव पनि पराजित भएका छन् । 
    मतगणना जारी रहेका अन्य अधिकाँश स्थानीयतहमा पनि निर्वतमान प्रमुख र उपप्रमुखका लागी पुृनः कूर्सिमा पुग्नु चुनौतीपुर्ण देखिएको छ । यद्दपी वडा अध्यक्ष पदमा भने केहीले मात्र जित दोहराएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तकोशीमा पानीको बहाव उच्च वर्षाले सप्तरीको जनजिवन प्रभावित
सप्तकोशीमा पानीको बहाव उच्च वर्षाले सप्तरीको जनजिवन प्रभावित
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
पाँच हजार ५५ जनाले निर्वाचन खर्च विवरण बुझाएनन्
पाँच हजार ५५ जनाले निर्वाचन खर्च विवरण बुझाएनन्
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”
मधेसमा डिजेमाथि प्रतिबन्ध  लगाउनु जरुरी छ ः मन्त्री लेखी 
मधेसमा डिजेमाथि प्रतिबन्ध  लगाउनु जरुरी छ ः मन्त्री लेखी 
नागरिकता ऐन संशोधन प्रस्तावको बिरोधमा प्रधानमन्त्रीको पुतला दहन
नागरिकता ऐन संशोधन प्रस्तावको बिरोधमा प्रधानमन्त्रीको पुतला दहन
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 
बालबिकास केन्द्रमा छात्रछात्राहरूका लागि सुविधा सम्पन्न शौचालय 
लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन
लोकेन्द्र स्मृतीमा रक्तदान र बृक्षारोपन