राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    

राजविराज राजविराज
|
बिहिबार, जेठ ५, २०७९
|
|
४८ पटक हेरिएको
Shares
राजविराजमा ७ जसपा, ३ माओवादी, २ लोसपा, एमाले, राप्रपा र नेकपा एस एक÷एक वडामा निर्वाचित    

सारांश

  •     प्राप्त मतपरिणाम अनुसार जसपाले राजविराज वडा नं.
  • १, २, ३, ४, ५, ११ र १६ मा जित हात पारेको हो भने माओवादी केन्द्रले वडा नं ७, ८ र १० मा निर्वाचित भएको छ ।
  • यसैगरि लोसपाले वडा नं.

दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
    स्थानिय तह निर्वाचनको मतपरिणाम अनुसार राजविराजको १६ मध्ये जसपाले ७ वडामा जित हात पारेको छ । त्यस्तै माओवादी केन्द्रले ३, लोसपा २, नेकपा एमाले, राप्रपा र नेकपा एसले १÷१ वडामा जित निकालेको छ ।  
    प्राप्त मतपरिणाम अनुसार जसपाले राजविराज वडा नं. १, २, ३, ४, ५, ११ र १६ मा जित हात पारेको हो भने माओवादी केन्द्रले वडा नं ७, ८ र १० मा निर्वाचित भएको छ । यसैगरि लोसपाले वडा नं. ६ र १५ मा तथा नेकपा एस, राप्रपा र नेकपा एमाले क्रमशः वडा नं. १२, १३ र १४ मा जित हासिल गरेको छ ।
    राजविराज वडा नं. १ मा जसपाका चन्द्रशेखर चौधरी, वडा नं. २ मा अरुणकुमार यादव, वडा नं. ३ मा अनिल दास (गुड्ु), वडा नं. ४ मा दिनेश साह कसेरा, वडा नं. ५ मा बन्धु दास, वडा नं. ११ मा उदित नारायण यादव तथा वडा नं. १६ मा रामएकवाल यादव निर्वाचित भएका छन् ।
    यसैगरि वडा नं. ७ मा सुभासचन्द्र यादव, ८ मा जयनारायण मण्डल, वडा नं. १० मा गंगा खंग तथा वडा नं. ६ मा लोसपाका शशी चौधरी र वडा नं. १५ मा ओमनारायण साह निर्वाचित भए । यस्तै वडा नं. १२ मा नेकपा एसबाट रामचन्द्र यादव, वडा नं. १३ मा राप्रपाबाट त्रिलोकीनाथ चौधरी, वडा नं १४ मा नेकपा एमालेका जगदीश मण्डल निर्वाचित भए । बिहीबार साँझसम्म वडा नं. ९ को मतगणना जारि रहेको र उक्त मतगणनाको परिणाम अनुसार जसपाका उम्मेदवार जावहर यादव अग्रस्थानमा रहेका छन् ।
    वडा नं. १ का चन्द्रशेखर चौधरी र वडा नं. २ का अरुणकुमार यादव र वडा नं. ८ का जयनारायण मण्डल लगातार दोश्रो पटक निर्वाचित भएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
लिट्मस केवल्सको चाडपर्वलाई लक्षित गरि योजना सार्वजनिक
लिट्मस केवल्सको चाडपर्वलाई लक्षित गरि योजना सार्वजनिक
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
विकासका लागि सकारात्मक सोच आवश्यक ः कृषि मन्त्री 
विकासका लागि सकारात्मक सोच आवश्यक ः कृषि मन्त्री 
स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड
स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ
चार महिलासहित २१ जना फरार प्रतिवादी पक्राउ
बारालाई प्रदेश स्तरीय क्रिकेटको उपाधी 
बारालाई प्रदेश स्तरीय क्रिकेटको उपाधी 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु