राजविराज नगरपालिकाद्वारा  अपाङ्गतालाई परिचयपत्र बितरण सुरू 

राजविराज राजविराज
|
बुधबार, माघ २३, २०७५
|
|
१०७ पटक हेरिएको
Shares
राजविराज नगरपालिकाद्वारा  अपाङ्गतालाई परिचयपत्र बितरण सुरू 

सारांश

  •     राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादब तथा उपप्रमुख साधना झाले संयुक्त रूपमा राजबिराज वडा नं.
  • १ का शारीरिक रूपमा अशक्त भएका ३ बर्षिय बालक भरतकुमार यादबलाई रातो कार्ड बितरण गरि कार्यको सुरुवात गरेका छन् ।
  •       राजबिराज नगर कार्यपालिकाको माघ १४ गतेको बैठकको निर्णयबाट सबै प्रकारका अपांगता ब्यक्तीहरूको अधिकार सम्बन्धी ऐन ०७४ को दफा ४२ अनुसार अपांगता परिचय पत्र कार्ड बितरण गर्न कार्य अगाडी बढाएको नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत राजेशकुमार राजले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 
    राजबिराज नगरपालिकाले नगरभित्रका अपांगता भएका ब्यक्तिहरूलाई बुधबारदेखी परिचयपत्र बितरण कार्य सुरू गरेको छ ।
    राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादब तथा उपप्रमुख साधना झाले संयुक्त रूपमा राजबिराज वडा नं. १ का शारीरिक रूपमा अशक्त भएका ३ बर्षिय बालक भरतकुमार यादबलाई रातो कार्ड बितरण गरि कार्यको सुरुवात गरेका छन् । 
    राजबिराज नगर कार्यपालिकाको माघ १४ गतेको बैठकको निर्णयबाट सबै प्रकारका अपांगता ब्यक्तीहरूको अधिकार सम्बन्धी ऐन ०७४ को दफा ४२ अनुसार अपांगता परिचय पत्र कार्ड बितरण गर्न कार्य अगाडी बढाएको नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत राजेशकुमार राजले जानकारी दिएका छन् । 
    यसैगरी राजबिराज ४ का अमरदेब ठाकुरले पहेलो, राजबिराज १४ का चन्द्रप्रभा देबीले सेतो कार्ड र राजबिराज ९ का निशा कुमारी दासलाई पहेलो कार्ड बितरण गरिएको छ ।
    अपांगताको बर्गिकरणको आधारमा राजयबाट पाउने सेवा सुबिधाहरूलाई चार बर्गमा विभाजन गरिएको छ ।
    अपांगताको बर्गिकरण अनुसार क बर्गमा पुर्ण अशक्त अपांगताले रातो कार्ड पाउनेले मासिक २ हजार भत्ता पाउने छ भने ख बर्गमा अतिअशक्त अपांगताले निलो कार्ड पाउनेले मासिक ६ सय सहित राज्यले निर्धारण गरेको सबै सुबिधा पाउने समाजिक शाखा प्रमुख देबिता यादबले बताईन ।
    त्यस्तै ग बर्गमा मध्य अपांगता भनेको पहेलो कार्ड पाउनेले नेपाल सरकारले अपांगता भएका ब्यक्तीहरूलाई छुटयाईएको सबै सुबिधाहरू प्राप्त गर्न सक्छ भने घ बर्ग भनेको समान्य अपांगताले राज्यवाट सबै सुबिधा पाउने छ ।
    यस अघि महिला तथा बालवालिका कार्यलयबाट सबै प्रकारका अपांगता भएका ब्यक्तीहरूको परिचयपत्र बितरण भईरहेको थियो । तर, हाल नेपाल सरकारको निर्णय अनुसार प्रत्येक स्थानिय तहवाट अपांगता परिचयपत्र बितरण प्रक्रियालाई अगाडी बढाएको समाबेशी अपांग सँघका अध्यक्ष सतिशचन्द्र झाले बताए ।
    सो अवसरमा उपप्रमुख साधना झा, निमित प्रमुख प्रशासकिय अधिकृत राजेश कुमार राज,  वडा अध्यक्ष अरूण यादब, संजय यादब, जयनारायण मण्डल, प्रेम कुमार यादब, समाजिक शाखा प्रमुख देबिता यादब, बरिष्ठ पत्रकार शिबहरी भटराई, पत्रकार चन्दनकुमार यादबलगायतको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई महिलासहित पाँच फरार प्रतिवादी पक्राउ
दुई महिलासहित पाँच फरार प्रतिवादी पक्राउ
मोटरसाइकल र म्याजिक भ्यान  ठोकिदा दुई यूवकको मृत्यु
मोटरसाइकल र म्याजिक भ्यान  ठोकिदा दुई यूवकको मृत्यु
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
आगलागीले आधा दर्जन घर नष्ट,  १७ लाख भन्दा बढीको क्षति
आगलागीले आधा दर्जन घर नष्ट,  १७ लाख भन्दा बढीको क्षति
“तीन कैदीलाई स्थान्तरण गर्न अदालतको अनुमति”
“तीन कैदीलाई स्थान्तरण गर्न अदालतको अनुमति”
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन  जग्गादानसंगै निजी खर्चमै निर्माण 
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन  जग्गादानसंगै निजी खर्चमै निर्माण 
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी 
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी 
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति
आगो निभाउने क्रममा घरधनी आचार्य घाइते, १५ लाख मुल्य बराबरको क्षति