दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
स्थानिय तहका प्रमुखहरूले सप्तरी जिल्लालाई एक बर्ष भित्रै साक्षर जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।
साक्षर नेपाल बर्ष २०७६ सम्बन्धी बिहीबार राजविराजमा आयोजित सरोकारवालाहरूको अभिमुखिकरण कार्यक्रममा सो कुरा प्रतिबद्धता गरिएको हो ।
शिक्षा तथा मानव श्रोत बिकास केन्द्र सानोठिमी, काठमाडौको आयोजनमा तथा शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरीको समन्वयमा सप्तरीलाई पुर्ण साक्षर बनाउन जिल्लाका १८ वटै स्थानिय तहका प्रमुख तथा अध्यक्षहरूले प्रतिबद्धता जनाए ।
सो अवसरमा शिक्षा तथा मानव श्रोत बिकास केन्द्रका उप महानिर्देशक चुुडामणी पौडेलले स्थानिय निकाय नभएको कारण साक्षर नेपाल घोषणा गर्न कठिनाई भएको बताउँदै अभियान सफल बनाउन तथा साक्षर जिल्ला घोषणा गर्न सम्पुर्ण स्थानिय सरकारले एकजुट भएर अगाडी बढेमा पूर्ण साक्षर बनाउन समस्या नहुने जिकिर गरे ।
यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस अघि निरक्षरलाई साक्षर बनाउन अभियान चलाएपनि गाँउगाँउमा अहिले पनि औठा छाप लगाएर समाजिक सुरक्षाका भत्ता बुभ्mने गरेको पाइएको उल्लेख गर्दै जिल्लामा १ लाख ७० हजार निरक्षर भएको तथ्यांक मध्ये १ लाख ६८ हजार साक्षर घोषणा गरिएपनि सो अनुसार नरहेकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा सप्तकोशी नगरपालिका प्रमुख उतम गौतमले २०२८ साल देखि नै प्रौढ शिक्षा अभियान चलाउदै आएपनि साक्षर अभियान सफल नभएको बताउदै अब यस अभियानलाई सही तथ्याङ्क अनुसार अगाडी बढाउन स्थानिय तह प्रतिबद्ध रहेको बताए ।
तिलाठी कोईलाडी गाँउपालिका अध्यक्ष सतिशकुमार सिंह, रूपनी गाँउपालीका अध्यक्ष हरेराम यादब, अग्नीसाईर कृष्णासवरण गाँउपालिका अध्यक्ष परशुनारायण चौधरी, शिक्षा बिभाग निर्देशक गेहेनाथ गौतम, शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख शंकर लुईटेल, बिनि दिपकुमार यादब, शिक्षक महासतास्ंघ सप्तरी अध्यक्ष दिनेश यादब, राजबिराज नगरपालिका उपप्रमुख साधना झा, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, सेभ द चिल्ड्रेनका ओमप्रकाश साह, लगायतका स्थानिय तहका प्रमुख तथा अध्यक्ष तथा सरोकारवाला निकायहरूले साक्षर नेपाल अभियानलाई सफल बनाउन एकजुट भएर अगाडी बढनुपर्नेमा जोड दिए ।
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
सारांश
- साक्षर नेपाल बर्ष २०७६ सम्बन्धी बिहीबार राजविराजमा आयोजित सरोकारवालाहरूको अभिमुखिकरण कार्यक्रममा सो कुरा प्रतिबद्धता गरिएको हो ।
- शिक्षा तथा मानव श्रोत बिकास केन्द्र सानोठिमी, काठमाडौको आयोजनमा तथा शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरीको समन्वयमा सप्तरीलाई पुर्ण साक्षर बनाउन जिल्लाका १८ वटै स्थानिय तहका प्रमुख तथा अध्यक्षहरूले प्रतिबद्धता जनाए ।
- सो अवसरमा शिक्षा तथा मानव श्रोत बिकास केन्द्रका उप महानिर्देशक चुुडामणी पौडेलले स्थानिय निकाय नभएको कारण साक्षर नेपाल घोषणा गर्न कठिनाई भएको बताउँदै अभियान सफल बनाउन तथा साक्षर जिल्ला घोषणा गर्न सम्पुर्ण स्थानिय सरकारले एकजुट भएर अगाडी बढेमा पूर्ण साक्षर बनाउन समस्या नहुने जिकिर गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया