चेतनाको अभावमा कुपोषण दर बढ्यो 

राजविराज राजविराज
|
आइतबार, आषाढ ५, २०७९
|
|
१०८ पटक हेरिएको
Shares
चेतनाको अभावमा कुपोषण दर बढ्यो 

सारांश

  •     आईतवार राजबिराज वडा नं.
  • ९ बिहारपुर बहुक्षेत्रिय पोषण योजना दोस्रो (एम.
  • एस.

दैनिक समाचारदाता
राजविराज, ५ असार । 
    चेतनाको अभावमा कुपोषण दर बढेकोले जनचेतना फैलाउनु पर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन । 
    आईतवार राजबिराज वडा नं. ९ बिहारपुर बहुक्षेत्रिय पोषण योजना दोस्रो (एम.एस.एन.पी.) वडा स्तरिय पोषण तथा खाद सुरक्षा निर्देशक समितिको एक दिने अभिमुखिकरण कार्यक्रममा सो कुरामा जोड दिएका हुन् । 
    कार्यक्रममा राजबिराज ९ का वडा अध्यक्ष जवाहर यादबले चेतनाको अभावका कारण कुपोषणको दर बढेकोले जनचेतना फैलाउनु पर्नेमा जोड दिए । कुपोषण दर घटाउन जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने भएकोले वडाको योजना बनाउदाँ पोषण सम्बन्ध बजेट छुट्याउने उनले बताए । 
    नगरमा गर्भवति, सुत्केरी महिलाहरूलाई कुपोषणमा सुधार ल्याउन बैठकको आयोजना गरिएको नगर पोषण सहजकर्ता रंजिता यादबले बताईन । 
    गर्भवति तथा सुत्केरी महिलाहरूलाई खानपान, स्याहार र सरफाईमा उचित ध्यान दिन तथा जनचेतना फैलाउनका लागि सुनौलो हजार दिनका महिलाहरूलाई शिशु स्याहार गर्न र कुपोषण दर घटाउन सहजिकरण गरिएको नगरपालिका सहजकर्ता यादबले बताईन ।  
    बैठकमा महिलाहरूलाई शिशु स्याहारसँगै उनीहरूलाई हरेक बार खाना चार अर्थात अन्य, दलहन, पहेलो फलफुल, सागसब्जी र पशुजन्य खाना खुवाउन गरि चार समुहका खाना खुवाउनु पर्ने बताईन । 
    सुनौलो हजार महिलाहरूलाई बानी समेत व्यवहार र वालवालिकाहरूको कुपोषित हुन नदिन अभिमुखिकरण बैठकले टेवा पुग्ने बताईएको छ ।  
    राजबिराज नगरपालिका वडा ९ का अध्यक्ष जवाहर यादबको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा राजबिराज नगरपालिका पशु सेवा बिकास अधिकृत परमेश्वर यादब, राजबिराज ९ का वडा सदस्य चनदर यादब, कार्यपालिका सदस्य रेखा देबी मण्डल, महिला वडा फिरोजा खातुन, जनता आधारभुत बिद्यालय गढिया मलेठका शिक्षिका गिता यादब, महिला स्वास्थ स्वयमसेविका पुष्पा चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
मन्सापुरमा धान दिवस मनाइयो
मन्सापुरमा धान दिवस मनाइयो
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  निर्माणको माग गर्दै अनसन 
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको  निर्माणको माग गर्दै अनसन 
सप्तरीमा थपिए १९ संक्रमित, संक्रमितको संख्या १ सय ९५
सप्तरीमा थपिए १९ संक्रमित, संक्रमितको संख्या १ सय ९५
उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी     
उत्पीडित समुदायको हक अधिकारका लागि एकजुट हुनुपर्छ : सांसद चौधरी     
चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न
चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
उर्जा र सिंचाई क्षेत्रको विकास उच्च प्राथमिक्तामा ः मन्त्री रजक
उर्जा र सिंचाई क्षेत्रको विकास उच्च प्राथमिक्तामा ः मन्त्री रजक
१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी 
१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी 
निःशुल्क सिलाई मेसिन वितरण 
निःशुल्क सिलाई मेसिन वितरण