दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ

राजविराज राजविराज
|
सोमबार, आषाढ ६, २०७९
|
|
२१ पटक हेरिएको
Shares
दोश्रो विवाहको तयारीमा लागेका बेहुला पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं.
  • ५ मझाउ टोलका ३२ वर्षिय फुलकुमार मण्डल रहेका छन् ।
  •       उनकी २६ वर्षिया श्रीमती काजलले दिएको उजुरीको आधारमा प्रहरीले फुलकुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ६ असार । 
    दोश्रो विवाहको तयारीमा लागेका एक यूवकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ मझाउ टोलका ३२ वर्षिय फुलकुमार मण्डल रहेका छन् । 
    उनकी २६ वर्षिया श्रीमती काजलले दिएको उजुरीको आधारमा प्रहरीले फुलकुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लले जानकारी दिएका छन् । 
    श्रीमानले घरमा बस्न नदिएको, खान लगाउन नदिएको, कुटपिट गर्ने गरेको तथा दोश्रो विहे गर्न लागेको भन्दै श्रीमती काजलले प्रहरीमा दिएको उजुरीको आधारमा पक्राउ गरेको डिएसपी काफ्लेले बताए ।
    सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ निवासी काजलको ६ वर्षअघि फुलकुमारसँग विवाह भएको थियो । उनीहरुको चार वर्षीया एक छोरी छिन् । 
    फुलकुमार दोश्रो विवाहका लागि गाउँबाट जन्ती लिएर सीमावर्ती भारतको मधुवनी जिल्ला औरहा ग्रामपञ्चायत जाने तयारी गरिरहेकै बेला सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो । छोरीका बाबु फुलकुमारले केटीपक्षतिर आफू अविवाहित भएको भनी मागि विवाह गर्न जन्ती लिएर जाने तयारीमा थिए । 
    विहेको ६ वर्ष बितिसक्दा पनि फुलकुमारले काजलको विवाह दर्ता नगराइदिएको तथा नागरिकता समेत बनाइ दिन आलटाल गर्दै आएका थिए । काजलले पति फुलकुमार र सासु, सासुराले १० लाख नगद वा गाउँकै १० कठ जग्गा थप दाइजो रुवरुप आमाबुबासँग मागेर ल्याउन दबाब दिदै आएको बताइन् । 
    यता घटनापछि फुलदेवलाई हिरासतमा राखएको र दुबै पक्षका अभिभावकलाई सँगै राखेर छलफल चलाइएको डिएसपी काफ्लेले जानकारी दिँदै दुबै पक्ष बीच कुरा नमिले कानुन अनुसार अघि बढ्ने समेत बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह
भन्सार छलेर ल्याइएका सामानहरु खरिद नगर्न उबासंघ सप्तरीका अध्यक्ष अग्रवालको आग्रह
पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण देव बिजयी
पत्रकार महासंघ सप्तरीको अध्यक्षमा श्रवण देव बिजयी
पाँचौ दिन पनि रिले अनसन जारि 
पाँचौ दिन पनि रिले अनसन जारि 
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
मंसापुर र तोपा बिजयी 
मंसापुर र तोपा बिजयी 
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार
भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार
समाजवादी पार्टीकी महिला नेतृ साह पक्राउ